रामेछापका तीन युवकले दिए अस्पताललाई स्वास्थ्य सामाग्री
मङ्गलबार, २५ जेठ २०७८, २० : २१
रामेछाप गोकुलगंगा गाउँपालिकाका तीन युवाले गोकुलगंगा गाउँपालिका अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । सो गाउँपालिका वडा नं ५ नामाडीका दिनेश थापा, प्रह्लाद खड्का र शंकर थापाले कोभिडमा अक्सिजन नपाएर अकालका मृत्यूबरण गर्न नपरोस भनेर अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेका छन् ।
उनीहरुले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि ५ थान अक्सिजन सिलिन्डर, ५ हजार थान सर्जिकल मास्क, २० लिटर सेनिटाइजर, औषधी, ब्ल्याङ्केट र ५० हजार नगद गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवार मार्फत गोकुलगंगा गाउँपालिका अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिदै कोरोना कहरलाई निस्तेज पार्न युवाहरु जिल्लामा स्थानीय निकायसँग सहकार्य गर्दै जाने अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल