शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियाबाट फर्केका नेपालीको  मृत्यु

बुधबार, ०१ कात्तिक २०७४, १६ : २३
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं–दक्षिण कोरियाको कार्यअवधी सकेर नेपाल फर्केका एक युवाको मृत्यु भएपछि  उनको परिवारको सहयोगार्थ कोरियामा आर्थिक सहयोग जुटाउन लागिएको छ ।
चार वर्ष १० महिना कोरियाको कार्यअवधि सकेर  गत जनवरीमा नेपाल फर्केका पर्वतको विहादी गाउँ पालिका –४ अर्चलपाटाका ३१ वर्षिय केपी (खेम प्रसाद) भुषालको गत आइतवार मृत्य भएको थियो । 
दशैं मानेर राजधानी फर्केका भुषालको  ज्वरोको साथै पेट दुखेपछि किर्तीपुर अस्पताल उपचार गरिएको थियो । किर्तीपुर अस्पतालले रोग पहिचान गर्न नसकेपछि उनलाई वनस्थलीस्थित मृगौला उपचार केन्द्रमा भर्ना गरिएको थियो । 
 भुषालको  मुटु र मृगौलामा एक साथ समस्या देखिएपछि अकस्मात मृत्यु भएको वताइएको छ । भुषालको मृत्यु हुँदा उनकी श्रीमती दुई दिनको सुत्केरी अवस्थामा थिइन् ।  उनको अर्की छोरी पनि छिन् । 
नवजात शिशु सहित दुई वच्चाको शिक्षा , आमा र सुत्केरी श्रीमतीको सहयोगका लागि आर्थिक संकलन गर्न लागिएको कोरियाबाट सर्पोट नेपाल स्वतन्त्र राष्ट्रप्रेमी युवा समुहका यम श्रेष्ठले जानकारी गराए । 
कोरियामा रहेको वखत उनी सामाजिक कार्यमा सक्रिय रहने गरेको उनलाई नजिकबाट चिन्ने  एलवि श्रेष्ठले वताए । 
भुषाल कोरिया रोजगारीमा पुनः जानका लागि भाषा परिक्षा पास गरेर बसेका थिए । भुषालका नजिकका दाजु केशव भुषालले नवजात शिशु तथा छोरीको शिक्षाको लागि कोरियामा गरिएको पहलप्रति आभार व्यक्त गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप