पोखरामा रेडिमिक्स्चर दुर्घटनामा एक युवकको मृत्यु

पोखरामा रेडिमिक्स्चर दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार पोखराको सराङकोटबाट पोखरा बजारतर्फ आउँदै गरेको ग १ क ३१८७ नम्बरको रेडिमिक्स्चर मेथलाङमा दुर्घटना हुँदा सहचालक अनिरोध थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा चाउथे स्थित रहेको गण्डकी निर्माण समन्वय प्रालिको रेडीमिक्सचर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक पोखरा १४ चाउथेका २९ वर्षीय अनिरोध थापाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर मिक्सचरले च्यापेका सहचालक थापालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा रेडिमिक्स्चरका चालक कोटेश्वर घर भई पोखरा –५ मालेपाटन बस्ने ३५ वर्षीय राजन ठकुरी गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका घाइते ठकुरीको स्वाथ्य विज्ञान प्रतिष्ठामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीलमको प्रेरणादायी यात्राः शिक्षिकादेखि डेपुटी गभर्नरसम्म
-
अध्यादेशबाट पदाधिकारी नियुक्ति गरिनु संसद् विघटनभन्दा गम्भीर
-
बेशीसहरका नागरिकलाई अब बाह्रै महिना र २४ सै घण्टा शुद्ध खानेपानी - मन्त्री यादव
-
काठमाडौँमा एकदिने दक्षिण एसियाली किसान सम्मेलन हुने
-
बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु
-
मोदीसँग भेटका लागि पहल गर्दै परराष्ट्रमन्त्री राणा