डाँका मुद्दाका फरार प्रतिवादी ३८ वर्ष पछि पक्राउ
मङ्गलबार, २५ जेठ २०७८, १८ : १७

डाँका मुद्दाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई प्रहरीले ३८ वर्ष पछि आज पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार लुहारले विसं २०४० सालमा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्क वाफतको सरकारी रकम लक्ष्मीपुर पुर्नवास स्थित राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्दुक लगायतको हातहतियार देखाई लुटपाट गरेका थिए ।
कञ्चनपुर जिल्ला अदालतको विसं २०४२ सालको फैसला अनुसार लुहारलाई ३ वर्ष १ महिना १५ दिन कैद सजाय तोकिएको थियो । वारदात देखि लुहार फरार रहदै आएका थिए । पक्राउ परेका लुहारलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने