शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्दै सरकार

मङ्गलबार, २५ जेठ २०७८, १२ : ००
मङ्गलबार, २५ जेठ २०७८

सरकारले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने भएको छ । विस्तारित अस्पताल सेवा उपलव्ध गराउने उद्देश्यले सरकारले स्वास्थ्य चिकित्सक तथा नर्स लगायत स्वास्थ्यकर्मीले एकभन्दा बढी स्वास्थ्य संस्थामा काम गर्ने परिपाटीलाई हटाउन यो कार्यक्रम ल्याएको हो ।

यससम्बन्धी कार्यविधि तयार भइसकेकाले अब एक साताभित्र कार्यन्वयन गर्ने तयारी सरकारले गरेको छ । यस कार्यविधि लागू गर्नका लागि कार्यरत संस्थाले अतिरिक्त भत्ता र अन्य सुविधा उपलव्ध गराउने, कार्यविधिअनुसार कार्य सम्पादनका आधारमा चिकित्सकलाई शतप्रतिशत र कार्यक्रम सञ्चालनबाट प्राप्त आयमा ८० प्रतिशत अतिरिक्त भत्ता चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई दिइनुपर्ने उल्लेख गरिएको छ । 

यस्तै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको निशुल्क स्वास्थ्य बीमा र व्यवसायीक क्षमता अभिवृद्धि तालिमको पनि व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ । 

संस्थाले बढीमा वार्षिक १० लाख रुपैया सम्मको अनुदान दिने तथा अतिरिक्त भत्ताको निर्धारण कार्यसम्पादनको आधारमा गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले यसअघि चिकित्सकलाई २०० देखि ३७५ प्रतिशत भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप