जननेता भण्डारीको जन्मस्थल ढुङ्गेसाँघुसम्म कालोपत्रे हुने
तेह्रथुमको सुके पोखरी हुँदै जननेता मदनकुमार भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने भएको छ । सो का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ७० करोडको ठेक्का आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर तेह्रथुमको छाते ढुङ्गा, ईवा, ह्वाकु र चोकपुर खण्ड कालोपत्रे हुन लागेको हो ।
नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको जन्म घरदेखि निगुरादिन र हाम्पाङ खण्डमा आठ किलो मिटर पहिलो चरणमा कालोपत्रे गर्न बहुवर्षीय योजनाअन्तर्गत ठेक्का आह्वान भएको उत्तरदक्षिण लोकमार्ग, कार्यालय ताप्लेजुङको सूचना अधिकारी ई.माधव पौडेलले बताए । यस्तै ताप्लेजुङको सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटी सम्म ११ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । मन्त्रालयले पाथीभरा क्षेत्रको लागि रु ९५ करोडको ठेक्का आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन