शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लागूऔषधसहित दुई जना पक्राउ

मङ्गलबार, २५ जेठ २०७८, १७ : ५८
मङ्गलबार, २५ जेठ २०७८

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा इलाकाबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ  ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दिवास नगरपालिका २ बस्ने २१ वर्षिय संजिव कुमार महतो र सोही जिल्लाकै भंगाहा नगरपालिका ३ बस्ने २७ वर्षिय विप्लव बराल छन् ।

ज ११ प २१६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ । 

यसैबीच सुनसरी जिल्लाको भोक्राहा नरसिंह नगरपालिका ८ सिसुवा धरमपुरस्थित सीमा इलाकाबाट जेठ करिब १ सय के.जी. गाँजा बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप