शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीबीसी, न्यूयोर्क टाइम्स र गार्डियनसमेत थुप्रै ठूला वेबसाइट डाउन

मङ्गलबार, २५ जेठ २०७८, १६ : ४६
मङ्गलबार, २५ जेठ २०७८

संसारभरीका थुप्रै प्रमुख समाचार तथा सरकारी वेबसाइट्स पछिल्लो केही समयदेखि डाउन छ ।

गार्डियन, फाइनेन्सियल टाइम्स, इन्डिपेन्डेन्ट र न्यूयोर्क टाइम्सको वेबसाइट्स पछिल्लो केही समयदेखि खोलिएको छैन ।

बेलायती सरकारको वेबसाइट gov.uk पनि डाउन छ ।

प्रभावित वेबसाइट्स खोल्ने कोसिस गर्दा ‘एरर ५०३ सर्भिस अनअभेलेभल’ को मेसेज देखिएको छ ।

सुरुवाती जानकारीका अनुसार यस्तो क्लाउड कम्प्युटिङ प्रोभाइडर ‘फास्टली’ मा प्राविधिक समस्याका कारण हुनसक्छ जसमार्फत् थुप्रै महत्वपूर्ण वेबसाइट्सले सपोर्ट पाउने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप