बुधबार, २८ कात्तिक २०८१
ताजा लोकप्रिय

यस वर्षको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई

मङ्गलबार, २५ जेठ २०७८, १३ : ३६
मङ्गलबार, २५ जेठ २०७८

यस वर्षको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई प्रदान गरिने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफ्नो २९औँ वार्षिक उत्सवको अबसरमा उक्त पुरस्कार संघलाई प्रदान गर्ने घोषणा गरेको हो ।

बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नाफिजलाई उक्त अवार्ड प्रदान गरिने घोषणा गरे ।

पूँजीबजारको विकास तथा सुधार, लेख रचना प्रशारण, छलफल अन्तरक्रिया सञ्चालन गरेकामा नाफिजलाई बोर्डले पत्रकारिता पुरस्कार दिने निर्णय गरिएको अध्यक्ष ढुंगानाले बताए ।

योसँगै आर्थिक पत्रकार संघ नाफिजले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट सम्मान पाउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप