बौद्धमा बोराभित्र शव : दुबो टिप्न गएकाले प्रहरीलाई गरे खबर, शरीरका केही भाग मात्रै भेटियो
राजधानीको बौद्धमा बोराभित्र भेटिएको शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो ।
महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले शवको प्रकृति हेर्दा दुई साताअघि नै हत्या भएको जस्तो देखिएको बताए ।
परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको उनको भनाइ छ । तर, बोरामा शव पुरा भेटिएन । जलाइएको जस्तो देखिने शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको उनले बताए ।
उनले शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए । मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह र महाशाखाका खापुङसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए ।
घटनास्थल बौद्धको नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसबाट ५०० मिटरभित्र चौरमा रहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा मंगलबार बिहान दुबो टिप्न गएकी एक महिलाले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर भएको थियो ।
घटनास्थलमा पुगेसँगै हेर्दा प्रहरीले शवका अवशेष फेला पारेका थियो । प्रहरीले पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिन्छ ।
शवको पहिचान नै नभएकाले प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन भने अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई