सुदूरपश्चिममा भट्ट सरकारलाई काँग्रेसले साथ दिने
सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको छ । मुख्यमन्त्री भट्टले आज विश्वासको मत दिँदैछन् ।
नेपाल पक्ष भट्टलाई विश्वासको मत दिने पक्षमा देखिएको छ । तर नेपाल पक्षका केही सांसद भट्ट सरकार जोगाउन नहुने पक्षमा रहेको बुझिएको छ । एमालेको नेपाल पक्षका मानिएका १८ जना सांसदले साथ नदिए भट्टलाई काँग्रेसले समर्थन गर्नुपर्ने अवस्था छ ।
यता एमाले प्रदेश कमिटीले भट्ट सरकारको विपक्षीमा उभिन ह्वीप जारी गरेको छ । तर यसअघि स्थायी कमिटीले सरकारबाट समर्थन फिर्ता लिन दिएको निर्देशन संसदीय दलले अवज्ञा गरेको थियो ।
जसकारण प्रदेश कमिटीले १० जना सांसदलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको छ । अहिलेसम्म केन्द्रबाट उनीहरुमाथि कारबाही भने भएको छैन ।
नेपाल पक्षका केही सांसदले भट्टलाई विश्वासको मत नदिने परिस्थिति बने नेपाली काँग्रेसले पनि सघाउने सहमति भएको छ । सोमबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच उक्त समझदारी बनेको छ ।
काँग्रेस नेता एनपी साउदले पनि केन्द्रको गठबन्धनको मर्म अनुसार काँग्रेसले भूमिका निभाउने रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा