बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१२ करोडबारे बोले ओली, भने ‘हो भने आजै लैजानुस्’

बुधबार, ०१ कात्तिक २०७४, १४ : ४३
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले केही सञ्चारमाध्यमहरुले एनआरएनएको चुनावका वेला १२ करोडको हल्ला चलाएर एमालेलाई बद्नाम गराउन खोजेको बताएका छन् । 

एनआरएनएका निर्वाचित प्रतिनिधिहरुलाई बुधबार काठमाडौमा बधाइ तथा शुभकामना दिँदै कपोकल्पित समाचार लेखेर एमालेको बद्नाम गर्ने प्रयास भएको भन्दै आक्रोस पोखेका हुन् ।
एनआरएनएका नवनिर्वाचित अध्यक्ष भवन भट्टलाई देखाउदै अध्यक्ष ओलीले यदि कसैले त्यो रकम दिएको भए आजै फिर्ता लिन पनि आग्रह गरे ।

फरक प्रशंगमा अध्यक्ष ओलीले लायक मान्छेले नेतृत्व गरेमात्रै देशलाई सहि बाटो देखाउने र लक्ष्यमा पुगिने भन्दै नालायकहरुले ४० बर्षै शासन गरेपनि आफ्ना सन्तानवाहेक अरु केही नहेर्ने भएकाले देशको नेतृत्व गर्न लायक मान्छेलाई मात्र दिनुपर्ने बताए । 

बामपन्थी अधिनायकबादको हल्ला निराधार भएको भन्दै उनले भने ‘यसबारे अन्तराष्ट्रिय जगतमा प्रचार गर्नपर्यो, लोकतान्त्रकै मजबुतीका लागि बाम एकता हो, यसमा कांग्रेसले टाउको दुखाईरहनु बेकारको कुरा हो ।’  

अध्यक्ष ओलीले एनआएनएलाई देशमा लगानी गर्न आव्हान गर्दै बरु कानुन बनाउनुपरे सहयोग गर्न आफु तयार रहेको बताए । ‘२ बर्षको समयमा केही न केही गर्नुस् । गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनेर फैलाइएको गलत हल्लाको पनि भ्रम चिर्नुस्’ अध्यक्ष ओलीको भनाई थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप