दिल्लीमा महामारीका कारण अवरूद्ध मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालन

भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरी रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।
कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको हो । यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ । जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जनाएका छन् ।
दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ संक्रमित फेला परेकोमा आइतबार ३८१ जनामा मात्रै सङ्क्रमण फेला परेको जनाइएको छ । विगत २४ घण्टामा भारतभर एक लाख ६३६ जनामा संक्रमण देखिँदा दुई हजार ४२७ जनाको मृत्यु भएको छ ।
भारतमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या अहिलेसम्ममा दुई करोड ८९ लाख पुगेका छ भने तीन लाख ४९ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रबासीको नाममा गरेको सम्बोधनमा भारतमा कुल २३ करोड २७ लाखलाई खोप लगाइसकिएको जानकारी दिएका छन् । उनले यो सङ्ख्यालाई आगामी दिनमा थप तीब्रतासाथ वृद्धि गरिने जानकारी पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबलमा जातीय दुर्व्यवहार उन्मुलन गर्न रोनाल्डोको नेतृत्वमा विशेष कार्यदल गठन
-
हसनको ‘वन अफ द मिलियन्स’को सकियो छायाङ्कन
-
अवरुद्ध सदन खुलाउन सभामुखले डाकेको छलफल निष्कर्षविहीन
-
म्यानमारमा शक्तिशाली भूकम्प, भारत र थाइल्याण्डसम्म धक्का
-
एनआरएनए एकता महाधिवेशन मूल आयोजक समितिको सदस्य सचिवमा गौतम
-
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ