बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा पनि नेपाली चलचित्र अवार्ड

बुधबार, ०१ कात्तिक २०७४, १४ : ४१
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं – चलचित्रको बजार बिस्तार गर्ने भन्दै अहिले बिभिन्न देशमा अवार्डहरु आयोजनाहुन थालेका छन् । यस्तैमा अब दक्षिण कोरियामा पनि नेपाली चलचित्र अवार्ड आयोजना हुने भएको छ । 

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया(एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप प्रालिले संयुक्त रुपमा कोरियामा अवार्ड आयोजना गर्न लागेको हो । सन् २०१८ को फ्रेवुअरीको दोश्रो साता दक्षिण कोरियाको राजधानी सियोलमा ‘अन्तरराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ आयोजना हुने राजधानीमा आयोजित उक कार्यक्रममा जानकारी दिइयो ।

अवार्डलाई ‘कार्यक्रम व्यवस्थापन’को सम्पूर्ण कार्य संगिक्षा फिल्मस्ले गर्नेछ । आयोजकले सन् २०१७ को जनवरी १ देखि डिसेम्बरसम्म रिलिज भएका नेपाली चलचित्रलाई अवार्डमा सहभागिताका लागि दर्ता प्रक्रियामा सहभागी हुन आह्वान पनि गरेको छ ।

२० विधामा अवार्ड प्रदान गरिने अवार्ड घोषणा कार्यक्रममा कार्यक्रममा निर्देशक मिलन चाम्स, नायिका पूजा शर्मा, नायक हसनराजा खान र गायक यूवराज चौलागाइ लगायतको उपस्थिती रहेको थियो ।

चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै योगदान पु¥याउने एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ । आयोजकले नयाँबर्षको जनवरीमा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्ने छ । यो अवार्डको जुरी संयोजकमा पत्रकार भरत शाक्य रहेका छन् । 
–कार्यक्रममा आयोजक संस्था बक्स अफिस ग्रुपका जीएम बाबुराम लुइटेलले विदेशी बजारमा नेपाली चलचित्रको बजार विस्तारका लागि दक्षिण कोरियामा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए ।

– संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले आफूहरुलाई दिइएको जिम्मेवारी आफ्नो टिमले कुशलतापूर्वक निर्वाहा गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप