५ दिनमा १ लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखेका छौं : मेयर शाक्य
मंगलबारदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ । ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिइने भएको हो । मंगलबारदेखि सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँच दिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ नागरिकलाई खोप दिइने प्रवन्ध मिलाइएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । पाँच दिनमा एक लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताए ।
काठमाडौं महानगरपालिकाले खोपको लागि ३२ वटा खोप केन्द्र तोकिसकेको र नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने प्रमुख शाक्यले बताए । जेष्ठ नागरिकसँगै आउने परिवारका अर्को जेष्ठ सदस्य भए उनलाई पनि पालो नहेरिकन खोप लगाउन सहजीकरण गरिने पनि उनले जानकारी दिए । २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण