शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा ४८ हजारले लगाए कोरोनाविरुद्धको खोप

सोमबार, २४ जेठ २०७८, १८ : ३७
सोमबार, २४ जेठ २०७८

यहाँका ४८ हजार २५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल) को दोस्रो मात्रा लगाएका छन् । जिल्लाका चार नगरपालिकामा सञ्चालित दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत सो सङ्ख्यामा खोप लगाइएको हो । 

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२ , मध्यपुर थिमिमा ११ हजार ३१९ , भक्तपुरमा १६ हजार ३४७  र चाँगुनारायणमा ८ हजार १३९ जनाले खोप लगाएका छन् । भेरोसेलको पहिलो मात्रा लगाउने १८ वर्षमाथिका  नगरवासीलाई खोप लगाइएको थियो ।

जिल्लामा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २० हजार ६१३ पुगेको छ । ती मध्ये ११ हजार २८५ पुरुष र ९ हजार ३२८ महिला  छन् ।  ती सक्रिय सङ्क्रमितको सङ्ख्या एकहजार २५९ छन् ।  स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोनाबाट २७० जनाको मृत्यु भएको छ । ती मध्ये १७४ पुरुष र ९६  महिला  छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप