शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखको ठाटीकाँधका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

सोमबार, २४ जेठ २०७८, १८ : २३
सोमबार, २४ जेठ २०७८

सुर्खेत ।  पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ठाटीकाँध १ सिराडी निबासी ३३ वर्षीय बलबहादुर बुढा आफ्नै बेल्ट (कम्मरमा बाँध्ने पेटी) को पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले आज दिउँसो २ बजेतिर शव फेला परेको जानकारी रातोपाटीलाई दिए । यद्यपि, उनको शव दिउँसो १२ बजे नै स्थानीयले फेला पारेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी २ बजेतिर घटनास्थलमा पुगेको हो । उनको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लैजाने तयारी भइरहेको श्रेष्ठले बताए ।  उनले भने, ‘अहिले शव बेल्टको पासो लगाएर सल्लाको सानो बुटामा झुण्डिएको र हाँगा भाँचिएर बोटभन्दा केही अघि ढुङ्गामा मुख परेर केही तलतिर परेको अबस्थामा भेटिएको छ । अहिले केही भन्न मिल्दैन पोस्टमार्टम रिपोर्टले के भन्छ थप भनौँला ।’ 

घटनास्थलमा रहेका प्रत्यक्षदर्शी स्थानीयका अनुसार उनी मदिरा सेवन गर्थे । उनी हिजो बेलुका मदिरा सेवन गरेर घर आएका थिएनन् । बुढाले धेरै मदिरा पिएको र समयमा खाना नखाएको बुझिएको छ ।  मृतक बुढा आफ्नो घर निर्माणमा लागि रहेका थिए । दुई तला घर निर्माण भइसकेको तर बुढाले केही दिनयता घरको काम छाडेर मदिरामा लट्ठ देखिने गरेको स्थानीयको दावी छ । सो समयमा उनले घरको काम समेत गर्न छाडेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप