शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई सातामा कोरोनाबाट विदेशमा १३ नेपालीको  मृत्यु

सोमबार, २४ जेठ २०७८, १७ : ०५
सोमबार, २४ जेठ २०७८

कारोना भाइरस (कोभिड १९) का कारण दुई साताको अवधिमा विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा ७ जना,  भारतमा ५, कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ ।  

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।  ती मध्ये १ लाख ६८ हजार २३ हजार  नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप