ओलीको वक्तव्य पार्टी एकताको विपक्षमा रहेको खनाल-नेपाल समूहको निष्कर्ष
एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ । छलफलले अध्यक्ष ओलीले एकताका नाममा जारी गरेको वक्तव्यले पार्टी एकता नहुने निष्कर्ष समेत निकालेको छ ।
सोमबार भर्चुअल विधिबाट बसेको स्थायी समिति बैठकले यस्तो ठहर गरेको नेता युवराज ज्ञवालीले जानकारी दिए ।
‘अहिले पनि हामी एकताकै पक्षमा छौ, तर अध्यक्ष ओलीले आइतबार जारी गरेको वक्तव्यले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने संकेत गरेको छैन’, नेता ज्ञवालीले भने, ‘संविधान मिचेर संसद विघटन गरेकोप्रति पनि उहाँले आत्मालोचना गर्नुभएको छैन ।’
नेता ज्ञवालीले स्थायी समितिका सदस्यहरुको बीचमा भएको छलफलले अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समुहले लिखित जवाफ नै दिने तयारी गरेको समेत जानकारी दिए । ‘प्रेस स्टेटमेन्ट तयार हुदैछ बरिष्ठ नेताले जारी गर्नुहुन्छ । त्यसमा धेरै कुरा आउँछन्,’ नेता ज्ञवालीले रातोपाटीसँग भने ।
त्यस्तै खनाल नेपाल समुहको छलफलले ओलीले भनेजस्तो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने ठहर गरेको छ । ‘ओलीले एकताको नाममा एकताको विपक्षमा वक्तव्य जारी गर्नुभएको छ, । यसलाई हामीले गम्भीर रुपमा लिएका छौ ’नेता ज्ञवालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

