बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : ठाकुर पक्षका सांसद प्रदेशसभा बैठकमा अनुपस्थित

सोमबार, २४ जेठ २०७८, १५ : २७
सोमबार, २४ जेठ २०७८

प्रदेश २ को प्रदेशसभा बैठकमा जसपाको महन्थ ठाकुर पक्ष अनुपस्थित भएको छ । आजदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा ठाकुर समूहका प्रदेशसभा सदस्य सहभागी नभएका हुन् । 

महन्थ पक्षीय सांसदहरुले पार्टी विधान विपरीत संसदीय दलको नेता चयन गरिएकाले आफूहरु प्रदेशसभाको बैठकमा सहभागी नभएको सचेतक परमेश्‍वर साहले जानकारी दिए । उनले अवैधानिक तरिकाले गरेको निर्णय नसच्याएसम्म प्रदेशसभाको बैठकमा सहभागी नभएको बताए ।
पार्टीको आन्तरिक निर्देशनानुसार आजको बैठकमा उपस्थित नभएको उनको भनाइ छ ।

प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गर्दै सरकारले सोमबारबाट बजेट अधिवेशन सुरु गरेको हो ।

बैठकको प्रारम्भमा दलका नेताहरूले शुभकामना दिइरहेका छन् भने यसपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजित यादवले जानकारी दिए । 

अहिलेसम्म प्रदेशसभा बैठकमा सांसद राम अशिष यादव, एमालेका संसदीय दलका नेता शत्रुधन महतो र कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद यादव आफ्नो धारणा राखेका छन् । 

बोल्ने क्रममा एमालेका संसदीय दलका नेता सत्रुधन महतोले नीति तथा कार्यक्रम अनुसार प्रदेश सरकारले बजेट चलाउन नसकेको आरोप लगाए । उनले भने– सरकारको नीति तथा कार्यक्रम एकातर्फ रहने र बजेट प्रस्तुत गरे अनुसार जनताका लागि विकास निर्माण लगायतका कामै नगरी अन्यत्र बजेट दुरुपयोग गर्दा प्रदेशको विकास भन्दा पनि केहि मन्त्रीहरु समेत मोटाएको र जनअपेक्षा अनुसार काम हुँदैन ।

उनले बजेट एकातर्फ र काम मनोमानी ढंगले विगत देखि नै भइरहेकोले यस तर्फ गम्भिर भई जन अपेक्षा अुनसार बजेट ल्याउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप