शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टाग्राम लाइभमा नै पाकिस्तानी अभिनेत्रीमाथि यौन उत्पीडन

सोमबार, २४ जेठ २०७८, १४ : २५
सोमबार, २४ जेठ २०७८

‘महिलालाई घृणा गर्ने यो दुनियाँमा निर्दोषतामाथि दोहोरो मापदण्ड हावी छ । यहाँ अरुको धारणाको सम्मान गरिँदैन । जहाँ एक महिलालाई तिरस्कार गर्ने पुरुषको तारिफ हुन्छ तर यदि त्यहि काम यदि कोही महिलाले गरे उनलाई घृणा गरिन्छ । जहाँ आफ्ना प्रियजनसँग प्रेम गर्ने र उनीहरुसँग कुरा गर्ने महिलालाई गलत बताइन्छ तर महिलाको तस्बिरको अगाडि हस्तमैथुन गर्ने पुरुषको भिडियोलाई इन्टरनेटमा भाइरल बनाइन्छ ।’

यी शब्द पाकिस्तानी नायिका हानिया आमिरको हो जसलाई उनले आफ्नो सोसल मिडिया अकाउन्टमा एउटा भिडियोसहित पोस्ट गरेकी छिन् ।

यो भिडियोमा हानिया निकै उदास अवस्थामा आफ्नी बहिनीसँग कुरा गर्दै लगातार आफ्नो आँसु पुछिरहेको देखिएकी छिन् ।

हानिया आमिर सोसल मिडियामा हरेक दिन आफ्नो तस्बिर र भिडियो सेयर गर्छिन् र चर्चामा रहिरहन्छिन् ।

तर यस्तो के भयो कि सधैं हास्दै मुस्कुराउँदै र रोचक स्टोरी पोस्ट गर्ने हानियाले दुःखी हुँदै यो सबै किन भन्नुपर्‍यो ?

दुईवटा भिडियोको मामिलाः

अघिल्लो शुक्रबार हानियाको एउटा भिडियो सार्वजनिक भएको थियो जसमा उनी आफ्नो इन्स्टाग्राम अकाउन्टमा लाइभ थिइन् र प्रशंसकसँग कुरा गरिरहेकी थिइन् । यसैबीच त्यहि लाइभ सेसनका बेला एक प्रशंसकले उनको तस्बिर अगाडि कथित रुपमा हस्तमैथुन गरे ।

यो सबै यति अपत्यारिलो थियो कि हानियाको अनुहारको भाव अचानक फेरियो र उनले लाइभ सेसन बन्द गरिन् ।

केही बेरपछि कसैले यो लाइभ सेसनको भिडियो बनाएर सोसल मिडियामा पोस्ट गरिदिए, जुन पछिल्लो २४ घण्टादेखि भाइरल छ ।

यद्यपि, यो भिडियोलाई अहिलेसम्म पुष्टि गर्न सकिएको छैन र केही प्रयोगकर्ताले यो भिडियोलाई नक्कली र एडिट गरिएको बताए ।

तर यो मामिला यो घटनामा मात्रै सिमित छैन । यसमा अर्को एउटा भिडियो पनि समावेश छ ।

हानियाको अर्को एउटा भिडियो पनि सोसल मिडियामा भाइरल भएको छ जसमा उनी निर्देशक वजाहत रऊफका छोरा आहिर वजाहत र नायल वजाहतसँग गायक हसन रहिमको गीत ‘तेरी आरजू’ गाइरहेकी छिन् जसमा उनले उनीहरुलाई अँगालो हाल्छिन् ।

स्मरण रहोस्, हानियाले आफ्नो पोस्टमा धेरैजसो निर्देशक वजाहतका छोराहरु र उनका श्रीमतीलाई परिवारको सदस्य बताउँछिन् र यो भिडियोसँग पनि उनले भनेकी थिइन्, ‘आफ्ना भाइलाई यसरी सम्हाल्ने गरिन्छ जब उनी १०१ ज्वरोमा रन्किरहेको छ ।’

जहाँ धेरैजसो प्रयोगकर्ताले लाइभ सेसनमा हानिया आमिरसँग यौन उत्पीडन गरिएको कुरालाई निन्दा गरिरहेका थिए भने अर्कातर्फ वजाहत रऊफका छोरासँग बनाइएको भिडियोको आधारमा हानियामाथि ‘निर्लज्जता र अश्लीलता फैलाएको’ आरोप लगाइरहेका छन् ।

यी दुई भिडियोका कारण हानिया पछिल्लो दुई दिनदेखि पाकिस्तानको टप ट्रेन्डमा छिन् ।

‘हामी कति निराश छौं ?’

केही प्रयोगकर्ताले पाकिस्तानी समाजको यो दोहोरो मापदण्डमाथि बहस गरिरहेका छन् जहाँ वजाहत रऊफका छोराहरुलाई अँगालो लगाएको भिडियोका लागि हानियाको आलोचना गर्नु जायज ठानिरहेका छन् । यस्तै कतिले उनीसँग भएको उत्पीडनबारे कुरा गरिरहेका छैनन् ।

यसबारे खालिद नामका एक प्रयोगकर्ताले लेखे, ‘लाज र नीति नियमका कारण कसैले पनि यसबारे कुरा गरिरहेका छैनन् । र केही दिन अघि यही मानिसहरुको मलाला युसूफजाईले के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने विषयमा लेक्चर दिइरहेका थिए ।’

हुदा इस्माइलले हानियाको दुबै भिडियोमा कमेन्ट गर्दै लेखे, ‘हानियालाई आफ्नै मर्जीले आफ्नो जीवन बाँच्ने अधिकार छ । तर उनीमाथि के भयो, त्यसबारे कसैले किन कुरा गरिरहेको छैन ? यत्तिका प्रशंसकको अगाडि कुनै महिलालाई तनाव दिनु ठिक हो ?’

सिद्दीकाले कमेन्ट गरिन्, ‘अफसोस छ यस्ता मानिसहरुमाथि । हानिया आमिरको लाइभ सेसनमा जे भयो यो ती सबै महिलाका लागि रेड सिग्नल हो जसले प्रशंसकलाई जोडिन अनुमति दिन्छन् । तपाईंलाई कसैको अपमान गर्न कुनै अधिकार छैन, भलै ती सार्वजनिक हस्ती नै किन नहुन् । यसमार्फत् तपाईंको नैतिकता र मूल्यबारे थाहा हुन्छ ।’

दानिश हसनले लेखे, ‘हानियामाथि जे भयो त्यो निकै निन्दनीय छ र त्यसमाथि मानिसहरुले हानियालाई दोषी ठहर गर्दै हाँसिरहेका छन् ?’

शेख नामका एक प्रयोगकर्ताले कमेन्ट गरे, ‘हामी कति निराश छौं ? ती बिचरीको हाँसो पलभरमा नै गायब भयो र उनले लाइभ बन्द गरिन्... मसँग कुनै शब्द नै छैन ।’

कारवाहीको मागः

केही प्रयोगकर्ताले हानियाको लाइभ सेसनको क्रममा उनको तस्बिरमा आफ्नो हवस निकाल्ने ती व्यक्तिलाई खोजेर उनीविरुद्ध मुद्दा दर्ता गराउनु पर्ने माग राखेका छन् ।

केही प्रयोगकर्ता सोसल मिडिया ट्रोलिङको मनोवैज्ञानिक प्रभावबारे पनि कुरा गरिरहेको देखिए । केही प्रयोगकर्ताले भने, ‘तपाईंको ठट्टा र ट्रोलिङले कसैको ज्यान पनि लिनसक्छ, त्यसैले इन्टरनेटमा जिम्मेवार हुनुहोस् ।’

मलाइका नामकी एक प्रयोगकर्ताले यस सम्बन्धमा एउटा थ्रेड पोस्ट गरिन् जसमा उनले हानियाको उत्पीडनको विरोध गर्दै ती मानिसहरुको कडा आलोचना गरे जसले उनको मजाब उडाए र उनलाई मानसिक रुपमा प्रताडित गरे ।

उनले लेखिन्, ‘आखिर हानियाको के गल्ती थियो ? यो समाजमा महिला हुनु एउटा गाली हो । हानिया जुन मानसिक पीडासँग गुज्रिरहेकी छिन्, त्यो म सोच्न पनि सक्दिनँ । एक महिलाको रुपमा उनीमाथि जे भयो यो सबैभन्दा खराब उदाहरण हो ।’  

‘हामी सबै यस्तै गर्छौं र त्यसपछि यस्तो देखावटी गर्छौं कि जस्तो कि हामीले केही पनि गरेका छैनौं । एक समाजको रुपमा हामी असफल भएका छौं । हामी कुनै व्यक्तिलाई यति नराम्रोसँग प्रताडित गर्छन् कि उनले आत्महत्या नै गरिदिन्छन् र त्यसपछि हामी यस्तो देखावटी गर्छौं कि केही भएकै छैन ।’

हानियाको पनि भइरहेको छ आलोचनाः

हानिया आमिर धेरैजसो सोसल मिडियामा आफ्नो नीजि जीवन सेयर गरिरहन्छिन् र कुनै न कुनै कारणले चर्चामा आइरहन्छिन् ।

यसतर्फ इशारा गर्दै सानिया गुलजार नामकी एक प्रयोगकर्ताले कमेन्ट गरिन्, ‘समस्या तब हुन्छ जब तपाईं सबैकुरा सेयर गर्ने कोसिस गर्छन् । जति धेरै तपाईं आफ्नो जीवनलाई साझा गर्ने प्रयास गर्नुहुन्छ त्यति नै तपाईंको आलोचना हुनेछ त्यसैले मानिसहरुसँग सहानुभूति माग्नुको साटो जीवनमा केही नियम र अनुशासनको पालना गर्नका लागि प्रयास गर्नुहोस् ।’

यसरा नामकी प्रयोगकर्ताको पनि यस्तै धारणा छ । उनले लेखे, ‘तपार्ईं आफ्नो जीवनमा सही हुनुहुन्छ । तर कुनै चिज सोसल मिडियामा पोस्ट नगरिकनै आफ्नो प्रियजनको हेरविचार गर्न सक्नुहुन्छ .... हरेक चिज सोसल मिडियामा पोस्ट गर्न आवश्यक छैन ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप