माधव पक्षका नेतालाई मन्त्री बनाउन ओलीको पर्खाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह ५ बजेसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने योजना बनाएका थिए । तर, माधव नेपाल पक्षलाई पनि समेट्ने अन्तिम प्रयासस्वरुप आइतबार मन्त्रिपरिषद विस्तार भएन ।
प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका थिए । यसका लागि अधिकांश नामसमेत तयार भइसकेको थियो ।
मन्त्री नियुक्तिका लागि आइतबार दिउँसो प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले नेताहरुसँग छलफल गरेका थिए । तर, सो छलफलमा मन्त्रिपरिषद विस्तारलाई रोकेर माधव–झलनाथ पक्षसँग एकताको प्रयास गर्ने नेताहरुबीच सहमति भयो र ओलीले साँझ वक्तव्य जारी गरे ।
शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको थियो । एमालेका केही मन्त्रीहरुलाई विदा गरिएका कारण ७ वटा मन्त्रालय खाली थिए । खालीमध्ये रक्षा मन्त्रालय आफैंसित राखेर प्रधानमन्त्री ओलीले गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार मन्त्रालयमा आइतबार नयाँ मन्त्री नियुक्त गर्ने योजना बनाएका थिए ।
‘नयाँ मन्त्रीहरु नियुक्त गर्नुपूर्व माधव नेपाल पक्षसँग एकताका लागि अन्तिमपटक एकचोटि प्रयास गरौं भने सल्लाह भयो,’ ओली निकट एक नेताले रातोपाटीसँग भने, ‘यही उद्देश्यका लागि आइतबार मन्त्रिपरिषद विस्तारलाई रोकेर प्रधानमन्त्रीले ६ बुँदे प्रस्तावसहितको विज्ञप्ति जारी गर्नुभएको हो । अब हामी माधवजीहरुलाई पर्खन्छौं ।’
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जेठ ३ मा फर्कन तयार रहेको प्रस्ताव प्रस्तुत गरिसकेपछि अब माधव नेपाल पक्षसँग सहमति जुट्यो भने उनीहरुका तर्फबाट पनि केही नेतालाई मन्त्री बनाइने ओली निकट ती नेताले बताए । उनले भने, ‘आज माधवजीहरुको स्थायी कमिटी बैठक बस्दैछ, हामी उहाँहरुलाई पर्खन्छौं र त्यसपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ ।’
एमाले अध्यक्ष ओलीले आइतबार दुई पृष्ठको विज्ञप्ति जारी गर्दै २०७५ जेठ ३ अघिको अवस्थामा पार्टीलाई फर्काउन तयार रहेको बताएका छन् । यससँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिइनुपर्ने प्रधानमन्त्री ओलीले शर्त राखेका छन् ।
माधव नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्रीको प्रस्तावलाई समर्थन गरिसकेको हुनाले केही सकारात्मक परिणाम आउन सक्ने ओली पक्षको अपेक्षा छ । तर, माधव नेपाल पक्षका रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा लगायतले भने ओलीको प्रस्ताव मान्य नहुने प्रतिक्रिया दिएका छन् ।
ओलीको प्रस्तावमाथि छलफल गर्न सोमबार माधव–झलनाथ पक्षको स्थायी कमिटी बस्दैछ । बैठक पूर्व केही नेताहरुले ओलीको प्रस्ताव स्वीकार्य नहुने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
-
नेपाली कथामा जनयुद्धको प्रतिविम्बनः साक्ष्य सर्वेक्षण
-
जनकपुरका अस्पतालहरूले बिरामीसँग गम्भीर लापरबाही गरेको पाइएको छ : मुख्यमन्त्री सिंह
-
प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी
-
‘बोरा’ निर्दयी छोराको कुरूप
-
अब प्रज्ञा प्रतिष्ठानमार्फत भाषा र संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौँ : मुख्यमन्त्री आचार्य