बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इम्युनिटी बलियो बनाउन दैनिक साइकल चलाउनुस्

सोमबार, २४ जेठ २०७८, ०९ : ५७
सोमबार, २४ जेठ २०७८

कोरोना भाइरसको दोस्रो लहरका कारण फेरि एकपटक हामी घरमै बन्द हुन बाध्य छौं । यस्तोमा हामीले घरमै गर्न सकिने अभ्यासहरूमा ध्यान केन्द्रीत गर्नुपर्छ । महामारीको समय गर्न सकिने एउटा अभ्यास साइकिलिङ पनि हो । 
साइकिलिङ गर्दा केवल खुसीमात्र मिल्दैन, यसले शरीरलाई पनि मेन्टेन गर्छ । यो एक तरिकाको कार्डियो वर्कआउट हो । फिटनेस कायम राख्न वा वजन कम गर्न होस्, साइकिलिङ निकै राम्रो अभ्यास हो ।

– एक अध्ययनका अनुसार यो व्यक्तिलाई शारीरिक श्रमको कमीका कारण निद्रा नआउने समस्या छन्, त्यस्ता व्यक्तिले दैनिक २० देखि ३० मिनेट साइकल चलाउनुपर्छ । यसपछि मज्जाको निद्रा आउँछ । 

– साइकिलिङले इम्युनिटीलाई बलियो बनाउँछ । इम्युनिटी बलियो हुनुको अर्थ संक्रमणसँग लड्ने क्षमता बलियो हुनु हो । कोठाभित्र  अर्थात् इन्डोर साइकिलिङ गर्नुभन्दा बाहिर गर्नु फाइदाजनक हुन्छ । 

– साइकिलिङ गर्नु फुल कार्डियो वर्कआउट गर्नु हो । त्यसैकारण महंगो जिमको सस्तो विकल्पका रुपमा मात्रै साइकिलिङलाई लिनु गलत हुन्छ । यसलाई त तपाईले दैनिकी बनाउनुपर्छ । जब तपाई दुखी या हताश महसुस गरिरहनु भएको छ, तब तत्कालै साइकल उठाएर बाहिर निस्कनुस् । यसले तपाईको दिमाग र मुडलाई ताजा बनाउँछ । 

– दैनिक साइकिलिङ गर्नाले मुटु रोगको खतरा ५० प्रतिशतले कम हुन्छ । ब्रिटिश हर्ट फाउन्डेशनका अनुसार मानिसहरुले दैनिक साइकिलिङ गर्ने हो भने मुटुरोगका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउनेछ । 

– दैनिक केही समय भएपनि साइकल चलाउने व्यक्तिको पाचनक्रिया राम्रो र तेज हुन्छ । जसकारण  आन्द्राको क्यान्सरको खतरा पनि कम हुन्छ । साइकिलिङ गर्दाको समय मुटुको दर बढ्छ र सास पनि तेज चल्छ, जसले आन्द्रालाई फाइदा पु¥याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप