बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युरोकप विशेष – विश्वस्तरीय सम्भावना बोकेको नेदरल्यान्डको जोडी

सोमबार, २४ जेठ २०७८, ०८ : ००
सोमबार, २४ जेठ २०७८

सन् २०१२ मा विम जोन्कले अज्याक्सको बोर्ड समक्ष एकेडेमीमा २ लाख युरो अतिरिक्त लगानी गर्न प्रस्ताव गरेका थिए । यस्तो लगानीले पाँच वर्षपछि बैंकमा २० करोड युरो जम्मा हुने उनको दाबी थियो । 
उनले दाबी गरेभन्दा थोरै ढिला भयो । तर, डच च्याम्पियनले गत दुई सिजनमा आफ्ना युवा खेलाडी बेचेर त्यसभन्दा धेरै रकम कमायो । यसक्रममा मोटो रकम लिएर  माथाईस डे लिग्टलाई युभेन्टस् र फ्रयाङ्की डि जोङलाई बार्सिलोना पठाइयो ।  

सन् २०१९ मा अज्याक्सलाई अविश्वसनीय रुपमा च्याम्पियन्स लिगको सेमिफाइनल पु¥याउने यी दुई खेलाडी (सेमिफाइनल अज्याक्स टोट्टेनह्यामसँग पराजित भएको थियो) अहिले नेदरल्यान्डस्का लागि महत्वपूर्ण साबित हुँदैछन्, नेदरल्यान्डस्ले सन् १९८८ पछि पहिलोपटक युरोपेली च्याम्पियनसिप जित्ने अवसर पाएको छ । 

ठूला प्रतियोगितामा नेदरल्यान्डस् ७ वर्षपछि देखिन लागेको हो । २०१० को विश्वकपमा फाइनलमा पुगेर पराजित भएको यो टोली २०१४ को विश्वकपमा तेस्रो भएको थियो । तर, २०१६ को युरोकप र २०१८ को विश्वकपमा छनोट समेत हुन सकेन । आर्यन रोब्बिन, वेस्ले स्नाईज्डर र रोबिन भान पर्सीजस्ता विश्वस्तरीय खेलाडीको युग सकिएपछि फेरि नयाँ खेलाडी जम्मा गर्न नेदरल्यान्डस्ले संघर्ष गर्नुपयो । तर २०१९ को नेसन्स लिगको फाइनलमा स्थान बनाउनु टोलीका लागि उत्साहपूर्ण संकेत थियो । 

स्कटल्यान्डविरुद्ध बुधबार हुने मैत्रिपूर्ण खेलपछि नेदरल्यान्डस्ले युरोकप यात्रा थाल्नेछ र नयाँ पुस्ताको काँधमा प्रतिष्ठाको खोजी गर्ने जिम्मेवारी छ । माथाइस् र फ्रयाङ्की टोलीको मुटु हुन् । उनीहरु मिडफिल्ड र डिफेन्सका पनि प्रि–आर्किटेक्ट हुन् । यी दुई विश्वस्तरीय खेलाडी तपाईको टोलीमा हुनु भनेको निके महत्वपूर्ण हो,’ अज्याक्सको ट्यालेन्ट डेभलपमेन्टका पूर्वप्रमुख रुबेन जोङकाइन्डले भने । 

डि लिग्टले वल्र्ड–क्लास संभावना देखाउँदै 
च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा टोट्टेनह्यामका लुकास मोराले अन्तिम सेकेन्डमा निर्णायक गोल गरेपछि डि लिग्टले मैदानमा टाउको झुकाएका थिए, अज्याक्सका कप्तानका लागि अम्स्टरड्याममा यो १० वर्षे चक्रको अन्त्य थियो ।

९ वर्षको उमेरमा यी डिफेन्डर क्लबको एकेडेमीमा आबद्ध भएका थिए र दशकपछि ७ करोड ६० लाख पाउन्डमा युभेन्टस्मा आबद्ध भए । 
अज्याक्सको ‘प्लान क्र्युफ’ परियोजनाका यी सबैभन्दा सफल खेलाडी थिए । २०११ मा क्र्युफ बोर्डमा फर्किएपछि जोङकाइन्ड र जोन्कले मिलेर एकेडेमीमा यो योजना तयार गर्ने र लागु गर्ने काम गरेका थिए ।
यो क्रान्तिअन्तर्गत आकर्षक र आक्रामक स्टायलको खेललाई विकास गर्दै टिमका लागि युवा खेलाडी उत्पादन गर्ने विषयलाई महत्व दिइयो ।  ‘हामीले ल्याएको परिवर्तनबाट उसको कथालाई तपाईले अलग गर्न सक्नुहुन्न,’ जोङकाइन्डले भने,‘अण्डर १५ मा उसले सेन्टर ब्याकका रुपमा खेल्यो । तर, उ पहिल्यै परिपक्व थियो, त्यसैकारण ऊ आफ्नो उमेर समूहका लागि ठूलो र शक्तिशाली थियो । तर निर्णय क्षमता र बललाई तिव्र रुपमा खेलाउने क्षमताको उसमा कमी थियो ।’

अज्याक्सका प्रशिक्षकहरुले युवा डि लिग्टलाई डिफेन्सिभ मिडफिल्डमा खेलाउने र यस्ता विशेषताको विकास गर्ने निर्णय लिए । ‘ऊ त्यसरी प्रभावकारी रुपमा कुद्न सक्दैन थियो । त्यसैले उसको मुभमेन्ट स्टायललाई हामीले परिवर्तन गर्न जरुरी थियो,’ जोेङकाइन्डले थपे,‘ माथाईसलाई सही समयमा सही चुनौती उपलब्ध गराउन हामी सफल रह्यौ ।’

सेन्टर ब्याक डि लिग्ट सहज रुपमा बल नियन्त्रण राख्नसक्ने भए र जतिबेला युभेन्टस्ले उनका लागि महंगो रकम ति¥यो, त्यतिबेला डि लिग्टबाट के पाइन्छ भन्नेमा ऊ स्पष्ट थियो । 

आखिर युभेन्टसलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिर पठाउने क्रममा डि लिग्टले नै निर्णायक गोल गरको थिए,  युरोपको प्रतिष्ठित गोल्ड ब्वाई अवार्ड जितेका यी व्यक्ति अज्याक्सका कान्छा कप्तान पनि  थिए ।

पहिलो सिजन सिरि ए उपाधि जितेका डि लिग्ट यस सिजनको सुरुवातमा काँधको चोटबाट मुक्त भएका थिए, त्यसयता २१ वर्षका यी युवा युभेन्टस्को टोलीमा निरन्तर छन् । यद्यपी, झन्डै एक दशकको प्रभूत्वपछि यस सिजन युभेन्टस्ले बल्लतल्ल लिगमा चौथो स्थान हात पा¥यो । 
‘विश्वस्तरीय बन्ने संभावना त्यहाँ छ र माथाईसले त्यो देखाइरहेका छन्,’ जोङकाइन्डले भने,‘२१ वर्षकै उमेरमा उनी युभेन्टस्मा जमेका छन् ।’
लिभरपुलका भर्जिल भ्यान डाइकको अनुपस्थितीमा  डि लिग्ट नेदरल्यान्डका लागि अझै महत्वपूर्ण हुनेछन् । ‘उनले जे गरिरहेका छन्, त्यसबाट म खुसी छु र मानिसहरु उनले जे गरेको हेर्न चाहन्छन्, म पनि त्यही चाहन्छु,’ नेदरल्यान्डस्का प्रशिक्षक फ्रयाङ्क डि बोरले भने ।

बार्सामा डि जोङको प्रभूत्व 
बार्सिलोनाका डि जोङ डि बोरका अर्का एक प्रभावशाली खेलाडी हुन् । २४ वर्षका मिडफिल्डरले यस सिजन आफ्नो प्रतिभा र भर्साटिलिटी दुबै देखाएका छन् । रोनाल्ड कोम्यानको टोलीका लागि उनले धेरै पोजिसनबाट खेलेका छन् । बार्साले कोपा डे रेको उपाधि जित्दा फाइनलमा उनले एक गोल गरे भने थप दुई गोलका लागि पास मिलाइदिए । 

कोम्यानले खुला रुपमै आफु र लियोनल मेसी डि जोङको ठूलो फ्यान रहेको बताउने गरेका छन् । यता, डि बोरले पनि डि जोङको प्रभावबारे नेदरल्यान्डस्का पूर्व प्रशिक्षक समेत रहेका कोम्यानसँग कुराकानी गरेका थिए । ‘मैले रोनाल्डसँग कुराकानी गरेको थिएँ र फ्याङकी उत्कृष्ट खेल्दैछन्,’ डि बोरले भने,‘बार्सिलोनाको टोलीमा अहिले उनको ठूलो प्रभाव छ । त्यो सबैले देखेका छन् ।’

बारेले थपे, ‘उनले तीनवटा फरक पोजिसनबाट खेलेका छन् । कहिले सेन्ट्रल डिफेन्रका रुपमा, कहिले कन्ट्रोलिङ मिडफिल्डर र कहिले एट्याकिङ राईट मिडफिल्डरका रुपमा । उनी अहिले निकै उत्कृष्ट छन् र आशा छ हाम्रो लागि उनले यही फर्म कायम राख्नेछन् ।’
राष्ट्रिय टिमका सहकर्मी तथा साथी डि लिग्टको कथाभन्दा डि जोङको उदय केही फरक छ । फुच्चे र निकै पातलो भएकाले सानो छँदा उनलाई कसैले खासै वास्ता गरेको थिएन । 

जोन्क र जोङकाइन्डले सन् २०११ मा नेदरल्यान्डस्का उत्कृष्ट युवा प्रतिभाहरुको पहिचान गरेर क्र्युफलाई बुझाएको सयौं खेलाडीहरूको नामावलीमा पनि डि जोङ अटाएका थिएनन् । 

डि जोङले आफ्नो ब्रेक विलेम दोस्रोबाट पाए । उनले आफ्नो १८ औं जन्मदिनभन्दा दुई दिन पहिले नेदरल्यान्डस्को शीर्ष डिभिजन लिगमा डेब्यु गरे, यतिबेला पनि उनको उचाईका कारण संभावित प्रदर्शनलाई लिएर मानिसहरुले शंका व्यक्त गरेका थिए । ढिलै भएपनि अज्याक्सका फुटबल निर्देशक मार्क ओभरमार्स यी मिडफिल्डरबाट प्रभावित भए, जोनकाइन्ड पनि लगत्तै प्रभावित भइहाले । यतिबेला अन्य ठूला युरोपेली क्लब पनि उनीप्रति इच्छुक भइसकेका थिए । ‘ ऊ आक्रामक रुपमा माथिल्लो स्तरमा छ, किनकी ऊसँग राम्ररी बल नियन्त्रण गर्ने कला छ । मैदानमा राम्रो निर्णय लिन उसले आफ्ना लागि पर्याप्त समय सिर्जना गर्छ । हामीले सिर्जना गरेको नयाँ संस्कृतिमा ऊ आएको थियो । राम्रो खेल वातावरण सिर्जना गर्न एथलेटिक्स, ट्रायाथलोन, अमेरिकन फुटबल, जुडोलगायतका प्रशिक्षक र खेलाडीलाई हामीले ल्याएका थियौं । अन्य खेलका व्यक्तिगत तत्वहरुबारे खेलाडीलाई प्रशिक्षण गराउन, ताकि खेलाडीहरु धेरै सानै उमेरदेखि व्यवसाहिक बन्न सकुन् ।’

अहिले जोन्कसँगै एफसी भोलेनड्यामा काम गरिरहेका जोङकाइन्डले डि जोङको उदयलाई नियालिरहेका छन् । ‘डि जोङमा अद्भूत जेनेटिक प्रतिभा छ । ऊ अझै धेरै युवा छ । त्यसकारण यस्ता युवाहरुले कुनै गल्ती नगरी सबै खेल खेलून् भनेर तपाईले अपेक्षा गर्न मिल्दैन,’ उनले भने । 

वर्गकाम्पले खोजेका ‘कच्चा हिरा’
र, त्यहाँ २४ वर्षीय  डोन्नी भ्यान डि बिक छन् । नेदरल्यान्डस् तथा अज्याक्सका पूर्वखेलाडी डेनिस वर्गकाम्पले यी खेलाडी ११ वर्षको छँदै भविष्यको पहिलो रोजाइको टोलीमा पर्ने घोषणा गरिसकेका थिए । २०१५ देखि २०२० सम्म  अज्याक्सबाट निकै उत्कृष्ट खेले पनि म्यानचेस्टर  युनाइटेड आएयता डि बिकले राम्रो खेल्न सकेका छैनन् । तर पनि उनी डि बोरको टोलीमा छन् । ‘जब डोनी ११ वर्षको थियो । त्यतिबेला वर्गकाम्पले मलाई भनेका थिए,कि डोनीसँग ठूलो संभावना छ । ऊसँग पहिलो रोजाइको टोलीमा खेल्ने संभावना छ । डेनिसले त्यो कुरा निकै चाडैं देखे । ऊ कच्चा हिरा थियो, जसलाई धेरै पोलिस गर्नुपर्ने थियो ।’
जोङकाइन्डले थपे, ‘प्राविधिक रुपमा उसको विकास चाडैं भयो किनकी जोन्कले उसलाई सधैं ‘नम्बर ६’ का रुपमा प्रयोग गरे, तर हामीले भन्यौ कि उसलाई ‘आठ’ का रुपमा पनि विकास गर्नुपर्छ, उसको आक्रमण कलामा सुधार ल्याउनुपर्छ र बक्समा जानसक्ने समयमा कसरी स्पेस पहिचान गर्ने, अर्काका लागि कसरी स्पेस सिर्जना गर्ने भन्ने सिकाउनुपर्छ । थोरै ज्यादा बहुआयामिकता जरुरी थियो किनकी ऊ पास दिन निकै राम्रो थियो । तर, उसको विकासका लागि अन्य पोजिसनबाट पनि खेलाउनु राम्रो थियो ।’

जोङकाइन्डले थपे, ‘जब उसले एकेडेमीको अन्त्यतिर यो टिममा एकसाथ खेल्न थाल्यो, तब १५ देखि १८ वर्षको उमेरमा साँच्चै आफुमा ठूलो सुधार ल्यायो ।’

पछिल्लो निराश अवस्थाबाट यी क्रिएटिभ मिडफिल्डर बाहिर आउने जोङकाइन्ड बताउँछन् । ‘मलाई लाग्छ यो अवस्थाबाट ऊ चाडैं निस्कनेछ,’ उनले थपे,‘विकासको प्रक्रियामा उतार–चढाव भइरहन्छ र अझै पनि उसको उच्च प्रदर्शन गर्ने उमेर आउनै बाँकी छ, त्यो २७ वा २८ मा आउँछ होला, त्यसैले उसलाई केही समय दिऊँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप