बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सारिको प्रेमजालमा ‘बट्टारे कान्छा’

बुधबार, ०१ कात्तिक २०७४, १२ : ५१
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं – मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका केसीको प्रेममा परेका छन् । उनी रियलमा भन्दा पनि रिलमा सारिकाको प्रेममा परेका हुन् ।

डी.आर.‘अटु’को शब्द, संगीत, सुनिता थेगिमको स्वर रहेको गीत ‘मेरो प्यारा’को भिडियो यी दुबै कलाकारको प्रेम र रोमान्स देख्न सकिन्छ । 

रमेश संग्रौलाको निर्देशन रहेको भिडियोमा श्रीमान् विदेशीदा श्रीमतीलाई हुने पीडा समेत देखाइएको छ । गीतमा तिहार लगायत चाडबाडको माहौल बुनिएको छ । अर्जुन सापकोटाको छायांकन रहेको भिडियोलाई अनिल महर्जनले सम्पादन गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप