शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ९ जनाको मृत्यु

आइतबार, २३ जेठ २०७८, १९ : २८
आइतबार, २३ जेठ २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर २, कैलाली २, अछाम १, डोटी २, बाजुरा १, बैतडी १   रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । 

त्यस्तै  पछिल्लो २४ घण्टामा ८ हजार  मा  एन्टिजेन परिक्षण गर्दा ८५ जनामा कोरोना पुष्टी भएको छ भने  मृत्य ३ रहेको छ । ५ सय ७ मा पिसिआर परिक्षण गर्दा ९१ कोरोना पुष्टी भएको छ भने ६ जना को मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३७ पुगेको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप