शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सौगातकी प्रेमिका हुँदै बच्चाकी आमा बनिन् बेनिसा (भिडियो)

बुधबार, ०१ कात्तिक २०७४, १२ : ३३
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं – अभिनेत्री बेनिषा हमाले आफु सौगात मल्लको प्रेमिका हुँदै श्रीमती र उनको बच्चाको आमा समेत बनेको बताएकी छन् । 

हमालले चलचित्र ‘झ्यानाकुटी’ भित्रको अभिनय खुलाउने क्रममा उनले सो बताएकी हुन् ।

मंगलबार राजधानीमा आयोजित चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा हमालले चलचित्रमा आफुले पुर्ण नारीको भुमिका निर्बाह गरेको बताइन् । कार्यक्रममा उनले ‘झ्यानाकुटी’ अर्गानिक कथा बनेको समेत खुलाइन् ।

चलचित्र अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी हुन् । सिमोस सुनवारले निर्देशन गरेको चलचित्रमा उनको अपोजित भुमिकामा सौगात मल्ल रहेका छन् । 
१ मङ्सिर प्रदर्शन मिति जुरेको चलचित्रको कार्यक्रममा केहि अघि सार्वजनिक गीत ‘हे सानी’ पनि देखाइएको थियो ।

कार्यक्रममा अभिनेत्री निशाले कलाकारिताको अनुभव संगाल्दै निर्मात्री बनेको बताइन् । चलचित्र श्रीमान र श्रीमतीको कथा तयार भएको समेत उनले जानकारी  गराइन् ।

निर्देशक सिमोशले प्रेमिका हुँदै श्रीमती बनेकी नारीको जीवनमा आइपर्ने उतार चढाप चलचित्र मार्फत देखाउने खोजेको बताए ।

अभिनेता सौगातले चलचित्रले दर्शकलाई हसाउदै लगेर रुवाउन सफल हुने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप