मन फाटेका नेताहरु आज एकै मञ्चमा भेला हुँदै !
बुधबार, ०१ कात्तिक २०७४, १२ : ०६
काठमाडौं– प्रजातान्त्रिक र वाम गठबन्धनको नाममा दलहरु विवादमा अल्झिइरहेको बेला उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले तिनै नेताहरुलाई आज एकै मञ्चमा भेला गराउँदैछन् ।
उपराष्ट्रपतिले शुभ दिपावली, छठ–२०७४ एवम् नेपाल संवत् ११३८ को अवसरमा आज जलपान समारोहको आयोजना गरेका छन् ।
अपरान्ह ३ बजे उपराष्ट्रपति भवनको प्राङ्गणमा सुरुहुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायधीश लगायत उच्च पदाधिकारीहरु सहभागी हुनेछन् ।
यस्तै पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीलगायत विशिष्ट व्यक्तित्वहरुको पनि समारोहमा उपस्थिति रहने उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा