बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनुसन्धानको खुलासा : बच्चाको सुरुवाती ६ महिनाको हेरविचार गर्दा आमा ३ देखि ७ वर्ष जेठी देखिन थाल्छिन्

आइतबार, २३ जेठ २०७८, १५ : ०२
आइतबार, २३ जेठ २०७८

बच्चा जन्मिएको सुरुवाती ६ महिनामा उनीहरुको हेरविचार गर्दा आमा आफ्नो उमेरभन्दा तीनदेखि सात वर्षसम्म जेठी देखिन थाल्छन् । अर्थात् उनीहरुको स्वास्थ्यमा यसको गम्भीर असर पर्छ । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक अध्ययनमा यस्तो निष्कर्ष सार्वजनिक भएको हो ।

यो शोध अध्ययन गर्ने दलकी सदस्य डा. जुडिथ क्यारोलले भनेकी छिन्, ‘आधा रातमा बच्चालाई दुध खुवाउनु, उनीहरुको डायपर फेर्नु र हेरविचारका विभिन्न काम हुन्छन् । यसका कारण आमाको निद्रा पूरा हुन पाउँदैन । यसका कारण आमाहरुले पर्याप्त निद्रा पाइरहेका हुँदैनन् ।’

‘यसको असर यो हुन्छ कि आमाहरुको उमेर उनीहरुको वास्तविक उमेरभन्दा तीनदेखि सात वर्षसम्म बढी देखिन थाल्छ ।’

उनले यो समस्याबाट बच्ने उपाय पनि बताएकी छिन् । उनी भन्छिन्, ‘आमाहरु यसबाट बच्नका लागि आमाहरुले जतिबेला पाइन्छ, त्यतिबेला सुत्नुपर्छ । जतिबेला मद्दतको आवश्यकता पर्छ, श्रीमान्, पार्टनर, बच्चाका हजुरबुवा हजुरआमा, आफ्नै आमाबुवाबाट सहयोग लिनुहोस् ।’

अध्ययनमा एक वर्षका बच्चाका ३३ आमामाथि सोधपुछ गरिएको थियो । यसमा उनीहरुलाई बच्चा जन्मिएपछि कति निदाउनु भयो भनेर सोधिएको थियो । तीमध्ये आधाले उनीहरुले राती सात घण्टाभन्दा कम सुत्न पाएको बताए । अनुसन्धानका लागि उनीहरुको रगतको नमूना लिइयो । अनुसन्धानमा उनीहरुको उमेरमा तीब्र रुपमा वृद्धि भएको पत्ता लाग्यो ।

यसका साथै, अन्य रोगको संकेत पनि देखिए । क्यारोलका अनुसार अहिले यसमा थप अध्ययनको आवश्यकता छ । उनका अनुसार उमेरको वृद्धि स्थायी हो वा पछिका वर्षमा राम्रोसँग निदाएपछि शरीरले क्षतीपूर्ति गर्छ– गर्दैन भनेर थाहा पाउन थप अनुसन्धानको खाँचो छ ।

तर निद्राको अभावमा रोगको खतरा पनिः

अध्ययनमा खुलास भए अनुसार बच्चा जन्मिएको सुरुको ६ महिना निकै महत्वपूर्ण छ । यतिबेला निद्राको अभावमा रोगको खतरा पनि बढ्छ । यस पछिको महिनामा निद्राको अभावको खासै प्रभाव देखिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप