मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘हिरो’ मुसाले पायो अवकाश

आइतबार, २३ जेठ २०७८, १३ : ४७
आइतबार, २३ जेठ २०७८

कम्बोडियामा बारुदको सुरुङ सुँघ्ने काम गर्ने मागावा नामको ‘हिरो मुसा’ ले अवकाश पाएको छ । जीवन रक्षक बहादुरीका लागि पदक जितेको यो मुसा पाँच वर्षको विशिष्ट करियरपछि सेवानिवृत्त भइरहेको छ ।

माइन क्लियरिङ गैर–सरकारी संगठन (एपीओपीओ) का अनुसार यो अफ्रिकी जाइन्ट पाउच्ड प्रजातिको मुसाले आफ्नो कार्यकालमा ७१ वटा बारुद सुरुङ र बिस्फोट हुन बाँकी युद्ध सामग्रीबारे पत्ता लगायो । यहि संस्थाले यो मुसालाई तालिम दिएको हो ।

गत वर्ष उत्कृष्ट कामका लागि ब्रिटिश भेटेरिनरी च्यारिटी द पिपल्स डिस्पेन्सरी फर सिक एनिमल्स (पीडीएसए) ले ‘हिरो मुसा’ लाई स्वर्ण पदक प्रदान गरेको थियो ।

भर्खरै सात वर्ष पुगेको यो हिरो मुसाले असाध्यै कडा मिहिनेत गरेको र अब उसले रिल्याक्स गर्न पाउनु पर्ने एपीओपीओले बताएको छ ।

‘उसको स्वास्थ्य अहिले पनि निकै राम्रो छ तर उसको अवकाश लिने उमेर भइसक्यो । ऊ थोरै सुस्त हुँदै गइरहेको पनि हामीले देख्न सक्छौं,’ एपीओपीओले भने । ‘बेला भइसक्यो ।’

हिरो मुसाको कामले यो संस्थालाई कम्बोडियाको २२५,००० स्क्वायर मिटर जमिन क्लियर गर्न सघाउ पुर्याएको छ । दशकौं लामो द्वन्द्वका कारण यो सुन्दर प्राकृतिक क्षेत्रमा खतरनाक बिस्फोटक पदार्थ छरिएका थिए ।

मागावा घरपालुवा मुसाभन्दा ठूलो छ । एपीओपीओले स्थानीय समुदायलाई हात–खुट्टा गुमाउनुपर्ने हो कि भन्ने चिन्ता बिना बाँच्न, काम गर्न, खेल्न र शिक्षा प्राप्त गर्न सहयोग पुर्‍याएकोमा मागावाको प्रशंसा गरेको छ ।

अफ्रिकी जायन्ट पाउच्ड प्रजातिका मुसा बुद्धिमान र तालिम प्रदान गर्न निकै सहज छन् । मागावालाई निकै कम उमेरदेखि नै तालिम दिन सुरु गरिएको हो । कम्बोडियामा काम लगाउनु अघि यसले आफ्नो सबै परीक्षा निकै उत्कृष्ट तरिकाले पार गरेको  पीडीएसएले स्वर्ण पदक प्रदान गर्ने बेला बताएको थियो ।

एपीओपीओका अनुसार यो हिरो मुसाले कम्बोडियामा गत वर्ष  ४० लाखभन्दा बढी स्क्वायर मिटर जमिन क्लियर गरिदियो जुन यति साना हिरोको सहयोगबिना असम्भव थियो । यो संस्थाले ५९ देशमा आफ्नो काम कारवाही सञ्चालित गर्दै आएको छ ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप