बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रेखालाई किन छुट ?

बुधबार, ०१ कात्तिक २०७४, ११ : ४५
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं – चलचित्र प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघले टेलिभिजन र हलमा एकैदिन रिलिज हुने चलचित्र हलमा रिलिज नगर्ने निर्णयले अभिनेत्री रेखाको चलचित्र ‘रुद्रप्रिया’लाई प्रत्यक्ष असर पर्ने देखिएको थियो । तर अहिले आएर रेखाको चलचित्रलाई टेलिभिजन र हलमा एकसाथ रिलिज गर्न छुट दिइएको छ । 

चलचित्र संघले निर्णय गर्नु अगाडि नै टेलिभिजन रिलिजका लागि रेखाले डिस होमलाई चलचित्र बिक्री गरेको कारण देखाउदै संघले रेखालाई छुट दिएको हो । रेखाले पनि डिस होमलाई चलचित्र पहिले नै दिएको भन्दै संघको निर्णय नमान्ने अडान कस्दै आएकी थिइन् । 

टेलिभिजन र हलमा एकैदिन चलचित्र रिलिज गरेका कारण हलमा दर्शकको अभाव देखिन लागेको भन्दै संघले यस्तो निर्णय गरेको हो । निर्णय पछिको रिलिजमा आएको पहिलो चलचित्रलाई त्यो नियम लागु भएन ।

रेखाले डीस होम टिभीलाई एकै दिनमा रिलिज गर्ने सर्तमा ५० लाखमा चलचित्र बिक्री गरेकी हुन् ।

यसै विषयमा नेपाल चलचित्र संघका कोषाध्यक्ष गोपालकाजी कायस्थले रेखाले पहिला नै डिस होमलाई चलचित्र बिक्री गरिसकेकाले उनलाई छुट दिएको बताए ।
 उनले भने ‘तिहार पछि रिलिज हुने चलचित्र भने हलमा रिलिज भएको कम्तीमा दुई सातापछि मात्र डिस होम लगाउन पाउने निर्णय संघले गरेको छ ।’

रेखाको चलचित्र ‘रुद्रप्रिया’मा भोली लक्ष्मीपुजाको दिन देखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । चलचित्रमा रेखाको अलवा आर्यन सिग्देल, राजन इसान लगायतको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप