बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

हेल्लो सरकार आइसीयुमा ! पूर्वप्रमुखले नै गरे हेल्लो सरकारमा उजुरी

आइतबार, २३ जेठ २०७८, ०७ : ११
आइतबार, २३ जेठ २०७८

काठमाडौं । सरकारी निकायप्रति जनताका गुनासा समस्याहरु लिएर ती निकायलाई झक्झकाउने निकाय हेल्लो सरकारमा सोही कार्यालयका पूर्वप्रमुखले गुनासो सुनाएका छन् ।​ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको मातहत रहेको हेल्लो सरकारका पूर्वप्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले सामाजिक सञ्जाल ट्वीटरमार्फत १९ रुपैयाँ पर्ने एक चाउचाउको ३१ रुपैयाँ लिएपछि हेलो सरकारसहित उपभोक्ता हित हेर्ने निकाय बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गरे ।

ती निकायलाई उनले चाउचाउको मूल्य बढी भएको त हैन भनेर ध्यानाकर्षण गराएका हुन् । उनले  ट्वीटरमा लेखेका छन्, ‘भारतीय १२ रुपैयाँको नेपाली १९.२०  हुन्छ । ढुवानी भाडा र अन्य करहरु कति होला ! नाफा कति होला ? उपभोक्ताको हातमा भारतीय रुपैयाँ १२ को चाउचाउ ३१ रुपैयाँमा आयो ।’

उपभोक्ता हित हेर्ने निकाय भनेर बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र हेलो सरकारको ध्यानाकर्षण गराएका छन् ।

ट्वीटरको उनको सो पोष्टमुनि केहीले स्वदेशी चाउचाउ खान सुझाव दिएका छन् । केहीले भने उनले नेतृत्व छाडेपछि हेल्लो सरकार नै कसलाई गुनासो गरौँ भन्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

सिकारु दाइ ट्वीटर प्रयोगकर्ताले लखेका छन्–‘बिचरा हेलो सरकार, प्रद्युम्न सर सरुवा भएसी हेलो सरकार आफैं कल्लाई गुनासो गरौँ भन्ने अवस्थामा रैछ, हजुरको गुनासो के सुन्देला, ‘धेरैपछि तैले सम्झिस् प्रद्युम्न, आजकल म एक्लो भएको  छु, तँ छैनस् ।’

अर्का नमस्ते नेपाल नामक ट्वीटर प्रयोगकर्ताको प्रतिक्रिया यस्तो छ– ‘तपाईले मेन्सिनुभएका सरकारी हेण्डलहरु एक बर्षअघिदेखि आइसीयुमा रहेछन्...त्यसमा पनि हल्लो सरकारको दुर्गति हामीलाई भन्दा तपाईलाई नै थाहा होला । यिनलाई हुलाकबाटै चिठ्ठी लेख्नोस् सर..यिनलाई ढुङ्गे युग नै प्यारो छ ।

के हेल्लो सरकारले थाहा पायो पूर्वप्रमुखको गुनासो ?

हेलो सरकारका पूर्वप्रमुख उपाध्यायले सामाजिक सञ्जालबाट सरकारी निकायका बारेमा हेलो सरकारमा आएको गुनासो संकलन गरेर सम्बन्धित निकायलाई पठाउने र उनीहरुबाट आएको जवाफ सर्बसाधारणलाई जानकारी गराउने कामको सुरुवात  गरेका थिए । उनको नेतृत्व छँदा हेलो सरकारमा चिठी, फोन, सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमबाट आएका धेरै उजुरी गुनासो संकलन गरेर सम्बन्धित निकायमा पु¥याई सर्वसाधारणको गुनासो सम्वोधन गर्ने प्रभावकारी माध्यमका रुपमा काम गरेको थियो ।

हेलो सरकारका पूर्वप्रमुखले ट्वीटरमा ५ घण्टा अघि गरेको गुनासो हेल्लो सरकारले थाहा पायो कि पाएन, हामीले हेल्लो सरकारको ११११ मा फोन गरेर जानकारी लियौं ।

हेल्लो सरकारका ७ वटै नम्बरमा आगमन कल निषेध

हामीले हेल्लो सरकारको वेबसाइटमा राखिएका ७ वटा ‘ल्याण्डलाइन’ नंबरमा फोन ग¥यौ । सबै नम्बर डायल गर्दा एउटै जवाफ आयो– ‘तपाईले डायल गर्नुभएको नम्बरमा आगामन कल निषेध गरिएको छ ।’

ती नम्बरहरु हुन् ः ०१–४२११०२५, ०१–४२११०४०, ०१–४२११०३५, ०१–४२११०८०, ०१–४२११०७३, ०१–४२११०२१ र ०१–४२११०३८  ।

यस्तै हेलो सरकारको अर्को नम्बर ११११ मा पटक–पटक सम्पर्क गर्दा पनि व्यस्त रहेको सन्देश आयो ।

हेल्लो सरकारको वेबसाइट हेर्दा पनि पूर्ण विवरण पाउन सकिएन । अहिले हेल्लो सरकारमा प्रमुख को छन्, प्रवक्ता कसलाई राखिएको छ, अन्य कर्मचारीको विवरण के छ, कुनै जानकारी राखिएको छैन् ।

हेल्लो सरकारसँग सम्पर्क हुन नसकेपछि हामीले पूर्वप्रमुख उपाध्यायलाई सम्पर्क गर्यौं । उपाध्यायले २०७१ सालदेखि २०७५ सालसम्म हेल्लो सरकारको नेतृत्व गरेका थिए ।

सामाजिक सञ्जालबाट हेल्लो सरकारलाई ध्यानाकर्षण गराएपछि कुनै प्रतिक्रिया आयो कि आएन भन्ने प्रश्नमा उनले भने, ‘चाउचाउको मूल्यका बारेमा छलफल होस् भनेर ट्वीटरमा राखेको हो, अहिलेसम्म त कुनै प्रतिक्रिया आएको छैन ।’

हेल्लो सरकारले गत महिना आफ्नो ट्वीटर एकाउन्टमा एउटा सन्देश छोडेको छ, जसमा भनिएको छ–‘हेल्लो सरकारले अहिलेको बन्दाबन्दीको समयमा पनि अविचलितरूपमा गुनासो सुनुवाईको कामलाई निरन्तरता दिएको छ । नेपाल टेलिकमसँगको समन्वयमा हेल्लो सरकारको गुनासो गर्न सकिने नम्वर ११११ लाई १३ जना कर्मचारीहरूको मोवाइलमा डाईभर्ट हुने व्यवस्था मिलाई गुनासो व्यवस्थापन  भइरहेको कुरा अनुरोध गर्दछौं ।’

तर, हामीले यो नबम्रमा सम्पर्कका लागि सक्दो प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारका पालामा २०६८ कात्तिक १७ गतेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सरकारको डेस्क स्थापना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप