शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल : कुन-कुन राशिका शुभ ?

आइतबार, २३ जेठ २०७८, ०६ : ११
आइतबार, २३ जेठ २०७८

विसं २०७८ साल जेठ २३ गते आइतबार । इस्वी सन् २०२१ जुन ०६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–एकादशी, ०७ घडी १३ पला, बिहान ०८ बजेर ०३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अश्विनी, ५७ घडी ०१ पला, रातको ०३ बजेर ५८ मिनेट उप्रान्त भरुणी । योग–सौभाग्य, ०२ घडी ०८ पला, बिहान ०६ बजेर ०१ मिनेट उप्रान्त शोभन । करण– बालव, बिहान ०८ बजेर ०३ मिनेट उप्रान्त कौलव, बेलुकी ०८ बजेर ५१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी २५ पला । अपरा एकादशी व्रत ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्याक्तिहरू नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धिमूलक काम बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरूले पद पाउने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्त्वपूर्ण काम थाँती रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुँदा पढाइलेखाइ भने थाँती रहनेछ । तर पनि विदेशी भूमिमा बसेर श्रम गर्नेहरूले मनग्गे रूपैयाँ पैसा कमाउन सक्नेछन् ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
आम्दानीका बाटा एक्कासि बन्द हुँदा दैनिक रूपमा चलिरहेका काम प्रभावित हुनेछन् । विवादित विषयहरूको उठान नगर्नुहोला, आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइलेखाइमा मन नजाँदा अरूभन्दा पछिपरिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरे पनि नाफा कमाउन केही समय कुर्नुपर्नेछ । अग्रज तथा दाजुसँग बिनाकारण विवाद हुने योग रहेको छ । चाहेका वस्तु समयमा उपलब्धि नहुँदा मन खिन्न हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
साङ्गीतिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । पढाइलेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पतिपत्नी तथा मायाप्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ ।
 
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पतिपत्नीबीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचना बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्नेभन्दा आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका काम सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पति जोड्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइलेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरू खुसी रहनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
अध्ययनमा समय दिन नसके पनि अतिरिक्त ज्ञान गुनका कुरा प्राप्त गर्न सकिने समय रहेको छ । तपाईंको नराम्रो सोच्नेहरू आफै किनारा लाग्नेछन् । शत्रु परास्त हुनेछन् भने ठूलावडाको आशीर्वादले अगाडि बढ्न सहज हुनेछ । परिवारमा मेलमिलापको भाव बढ्नेछ भने एक अर्काबीच आत्मीयता वृद्धि भएर जानेछ । मामा तथा मावली पक्षका मानिससँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
पढाइलेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो आम्दानी नहँुदा आर्थिक सन्तुलन बिग्रने योग रहेको छ । मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाडा हुनुपर्नेछ । आफन्त तथा सन्तानले तपाईंको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्त्वपूर्ण अवसरहरू गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछाडि परेको भान हुनेछ । छातीसम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेका लागि समय मध्ययम रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
आत्मीय मित्र तथा दाजुभाइहरूको सहयोग पाइने हुँदा मन प्रसन्न हुनेछ । मायाप्रेममा रमाउन चाहानेहरूका लागि समय राम्रो रहेको छ । पढाइलेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाइलो यात्रा हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आफन्त तथा कुटुम्बसँग व्यावहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरू बिग्रने तथा मनमुटाव पैदा हुनसक्छ । समय मध्ययम रहेकाले परिबन्धमा परिने तथा झैझगडा हुने अधिक सम्भावना रहेको छ । मायाप्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मीठो मसिनो भोजन गर्ने अवसर जुर्ने भए पनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । पढाइलेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप