शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नापोलीलाई हराउँदै सिटी शीर्ष स्थानमा

बुधबार, ०१ कात्तिक २०७४, ११ : ३२
बुधबार, ०१ कात्तिक २०७४

म्यान्चेस्टर । म्यान्चेस्टर सिटीले नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको समूह शीर्ष स्थानमा कायम रहन सफल भएको छ ।

दुई उत्कृष्ट आक्रामक टोलीको भिडन्तलाई निकै उत्सुकतासाथ हेरिएको थियो ।

खेलको शुरुवातमा नै राहिम स्टर्लिङ र ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए ।

इटालियन लिगको शीर्ष स्थानमा रहेको नापोलीले खेलमा दुईवटा पेनाल्टी पाएको थियो । तर, सिटीका गोलकिपर एडर्सनले ड्राइस मर्टेन्सको पहिलो पेनाल्टी बचाउ गरे । दोस्रो पेनाल्टीलाई अमाडो डिवाराले गोलमा परिणत गरे ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सिटीले बलियो प्रतिद्वन्द्वीविरुद्ध हासिल गरेको जीतको खुलेर प्रशंसा गरे ।

उता, साख्तार डोनेस्कले फेयनुर्डलाई २–१ गोलअन्तरले पराजित गर्यो ।

समूह जीमा मोनाको बेसिक्टाससँग १–२ गोलअन्तरले पराजित भयो भने आरबी लेइपजीगले एफसी पोर्टोले ३–२ गोलअन्तरले पराजित गर्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप