बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोकर्ण विष्टद्वारा राजेन्द्र महतोको अभिव्यक्तिको विरोध

शनिबार, २२ जेठ २०७८, १७ : ४९
शनिबार, २२ जेठ २०७८

एमाले नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोध गरेका छन् । 
महतोले बुधबार पदभार ग्रहणका क्रममा बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति महतोले शनिबार पनि दिएका छन् ।

‘उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ’, विष्टले भनेक छन्, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’
महतोको अभिव्यक्तिको विभिन्न क्षेत्रबाट विरोध हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप