शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसका पुराना नेता श्रेष्ठको निधनले अत्यन्तै मर्माहत बनायो : रामचन्द्र पौडेल

शनिबार, २२ जेठ २०७८, १७ : ४२
शनिबार, २२ जेठ २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेसका पुराना नेता महेश्वरलाल श्रेष्ठको निधनले अत्यन्तै मर्माहत बनाएको बताएका छन् । शनिबार विहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा श्रेष्ठको निधन हो । 

उनको निधनप्रति शोक व्यक्त गर्दै पौडेलले भने, नेपालको प्रजातान्त्रिक आन्दोलनमा  २००७ साल देखिनै अनवरत रुपमा लागि रहेका अथक र संघर्षशील योद्धा तथा अन्त्यन्तै निस्ठावान हामी सबैका नेता महेश्वरलाल श्रेष्ठको  निधनले मलाई अत्यन्तै मर्माहत बनाएको छ । 


पौडेलका अनुसार श्रेष्ठ  सत्याग्रह आन्दोलनमा समेत सहभागी भइ सुवर्ण शमशेरको नेतृत्वमा भरतपुर कब्जा गर्ने आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । 

देश र जनताको लागि लामो समय जेल जीवन बिताएर पनि कुनै लाभको पद नलिनुभएका श्रेष्ठ  पार्टीमा  अत्यन्तै इमानदार छविका नेताको रुपमा चिनिनुहन्थ्यो, पौडेलले सम्झिए । 

पौडेल स्वर्गीय श्रेष्ठको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति, सिङ्गो काँग्रेस र चितवन जिल्लाका आम जनतामा  गहिरो समवेदना प्रकट गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप