शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगबाट जसपाको आधिकारिकता आफूहरुले पाउने महतोको दावी

शनिबार, २२ जेठ २०७८, १७ : ३०
शनिबार, २२ जेठ २०७८

औपचारिक रुपमा फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता आफूले पाउने राजेन्द्र महतो– महन्थ ठाकुर पक्षले दावी गरेको छ । 

शनिवार जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री समेत रहेका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टीको आधिकारिकता आफ्नो पक्षमा दिने दावी गरे । उनले देशभर रहेको संगठनका ७० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको जिकिर गरे । 

महतोले अहिले सरकारमा पुगेको बेला कति दिन काठमाडाैं बस्ने र  कति दिन जिल्लामा गएर संगठन बनाउने भन्नेबारे तालिका बनाएर काम गर्न आग्रह गरे । उनले अहिले जनता समाजवादी पार्टीले जनताको माग पूरा गराउन भूमिका खेलेकाले जनताले सरकारमा जानु ठीक भनिरहेको पनि दावी गरे ।

 पार्टी विभाजित मनस्थितिमा रहेका बेला माग मुद्धा सम्बोधन गरेकोले जनता आफ्नो पक्षमा रहेको उनको दावी छ । निर्वाचन आयोगमा आफ्नो मान्यताको स्थापित गरेर अघि बढ्ने महतोको भनाई थियो  । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप