एनआरएनए युकेद्वारा पठाइएको अक्सिजन कन्सन्ट्रेटर आज नेपाल आइपुग्ने
नेपालमा तीव्र रुपमा बढ्दै गएको कोभिड -१९ को संकट समाधानको लागि आपतकालीन सहयोग स्वरूप बेलायतस्थित नेपाली संघसंस्था तथा व्यक्तिगत पहलमा १५० थान अक्सिजन कन्सन्ट्रेटर आज नेपाल आउँदैछ । अक्सिजन कन्सन्ट्रेटर चीनको पोर्टमा कस्टम क्लियर भएर शनिबार चीनको गोन्जाउबाट नेपाल उडेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।
ती अक्सिजन कन्सन्ट्रेटर नेपाल एयरलाइन्सको वाइड बडी जहाजमार्फत आजै शनिबार नेपाल आइपपुग्ने एनआरएनए यूकेले जनाएको छ । गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङका अनुसार कन्सन्ट्रेटर मशिनहरु नेपाल सरकारलाई तत्कालै हस्तान्तरणको प्रकृया अघि बढाइने छ ।
नेपाली राजदूतावास लन्डनको संयोजन तथा एनआरएन यूकेको सक्रियतामा ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको थियो । सो अभियानमा करिब दुई करोड रकम संकलन भएको गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । मातृभूमिमा परेको संकटको बेला बेलायतवासी नेपाली तथा संघसंस्थाले स्वस्फुर्त रुपमा सहयोग गरेको बताइन् ।
गत मे १५, मा बेलायतका लागी नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उप नियोग प्रमुख रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरूको बृहत बैठक सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँः मन्त्री भण्डारी
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक: अध्यक्ष सिंह