बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैतडीका प्रमुखदलले उम्मेदवार सिफारिस गरे, को-को परे ?

बुधबार, ०१ कात्तिक २०७४, १० : ५१
बुधबार, ०१ कात्तिक २०७४

बैतडी -आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका प्रमुख चारदलले उम्मेदवार छानेका छन् । 

नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ भने नेकपा ९एमाले०ले उम्मेदवारका आकांक्षीको नामावली प्रदेश संगठन कमिटीमा सिफारिस गरेको छ । नेकपा ९माओवादी केन्द्र०ले भने जिल्लामै सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आकांक्षीको नाम केन्द्रीय समितिमा पठाएको छ । 

प्रदेश सभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा तीन सिटका लागि काँग्रेसमा २८ जना आकांक्षी देखिएका छन् । 

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा उम्मेदवारका आकांक्षीमा चतुरबहादुर चन्द, नरबहादुर चन्द, उत्तरबहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्ट रहेका छन् । प्रतिनिधिसभा समानुपातिक खुल्लामा नरेन्द्रबहादुर बम, प्रतापसिंह ठगुन्ना, रमेशदत्त पाण्डेय र राजबहादुर चन्द रहेका छन् । 

प्रतिनिधि सभा समानुपातिक समावेशीमा माया बोहरा, जानकी भट्ट, विष्ना जोशी र किरण राई आकांक्षी रहेका छन् । 

यस्तै प्रदेश सभा निर्वाचनमा प्रत्यक्षका लागि क्षेत्र नं १ बाट हरिमोहन भण्डारी, सुरेन्द्रसिंह ऐर, लोकराज अवस्थी, विष्णुदत्त जोशी, धनबहादुर बोहरा, दीपेन्द्रबहादुर बम, जनकबहादुर चन्द, कपिल केसी र दीपेन्द्रबहादुर चन्द रहेका छन् । 

प्रदेश सभा समानुपातिक खुल्लामा विष्णुदत्त अवस्थी, पूर्णबहादुर बोहरा, हरिस विष्ट, विष्णुप्रसाद भट्ट, प्रेमराज पन्त, दीपकबहादुर बम, जोगासिंह साउद, गौरीसिंह रावल, खगेन्द्रसिंह धामी, कर्णबहादुर बोहरा, इन्द्रसिंह ऐर र अमरबहादुर विष्ट आकांक्षी देखिएका छन् । 

प्रदेश सभा समानुपातिक समावेशीमा रमेश राम कोली, टेकबहादुर लुहार, मानबहादुर ऐर, मीना धानुक र जयन्ती कुँवर ९भण्डारी० रहेका छन् । 

प्रदेश सभा निर्वाचनमा प्रत्यक्षका लागि बैतडी क्षेत्र नं २ बाट देवराज जोशी, पूर्णानन्द लेखक, पुरनचन्द्र लेखक, दमनबहादुर चन्द, तेजबहादुर चन्द, जनकराज भट्ट, गजेन्द्रबहादुर चन्द, ईश्वरदत्त भट्ट, जनक भट्ट, प्रेमबहादुर चन्द, रमेश सिंह भण्डारी, शिवराज भट्ट, हर्कबहादुर चन्द र सुरेन्द्रबहादुर चन्द रहेका छन् । 

यता एमाले बैतडीमा पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सातजना उम्मेदवारका आकांक्षी देखिएका छन् । एमाले बैतडीले प्रतिनिधिसभाका लागि पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारी, पूर्व जिविस सभापति परमानन्द भट्ट र पदमा खत्रीको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो । 

यस्तै, प्रदेशसभाका लागि क्षेत्र नं १ बाट सुरेन्द्र पाल र क्षेत्र नं २ बाट जिल्ला सचिव लीलाधर भट्ट, महादेव भट्ट र सुशीला सिंहको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ पुरनसिंह दयाल, माया भट्ट र जयानन्द जोशीको नाम सिफारिस गरिएको छ । 

प्रदेशसभाका लागि समानुपातिकतर्फ जानकी अवस्थी, प्रेम लुहार, धाना धामी, पार्वती भट्ट, लालसिंह कार्की, केशव पन्त, राजु भुल र चन्द्रा लुहारको नाम सिफारिस गरिएको एमाले बैतडीले जनाएको छ । 

यसैबीच, नेकपा ९माओवादी केन्द्र० ले भने जिल्लाबाटै सर्वसम्मतरुपमा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसांसद एवं पार्टी जिल्ला इञ्चार्ज नरेन्द्र कँुवर ९विजयसुन्दर० लाई अघि सारेको छ । 

प्रतिनिधिसभामा समानुपातिकतर्फ पूर्वसांसद एवं माओवादी पोलिटब्यूरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको छ । प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट ९आदित्य० र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेशसभाका लागि समानुपातिकतर्फ जिल्ला कमिटी सदस्य भुवनचन्द्र विश्वकर्मा ९शान० उम्मेदवार रहेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार सिफारिस गरेको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बैतडीबाट प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिफारिस हुनुभएको छ । 

बैतडीको सुर्नया गाउँपालिका–२ वासुलिङका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको हो । पूर्वप्रधानमन्त्री चन्दसँग उहाँका छोरा पूर्व वाणिज्यमन्त्री जयन्त चन्दको नाम पनि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ । 

यसका साथै नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधिसभाको प्रत्यक्षका लागि सिफारिस गरिएको छ । पूर्व वाणिज्यमन्त्री जयन्त चन्दको नाम प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका लागि पनि सिफारिस गरिएको छ । 

प्रदेशसभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट समानुपातिकतर्पm चन्द्रकला साउद, हेमराज लेखक, जीतसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिस गरिएको छ । 

प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यका लागि भने दुवै क्षेत्रको केही दिनभित्रै उममेदवार सिफारिस गरिने राप्रपा बैतडीले जनाएको छ । नेकपा माले, नयाँ शक्ति नेपाल पार्टी, विवेकशील साझा पार्टीलगायत अन्य साना दलहरु भने उम्मेदवारको खोजीमा रहेका छन् । 

एक लाख ३२ हजार ३१७ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप