शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन-कुन राशिका शुभ ?

शनिबार, २२ जेठ २०७८, ०६ : १४
शनिबार, २२ जेठ २०७८

वि.सं. २०७८ साल जेठ २२ गते शनिबार । इस्वी सन् २०२१ जुन ०५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– दशमी, ०३ घडी ५३ पला, बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त एकादशी । नक्षत्र–रेवती, ५१ घडी २५ पला, रातको ०१ बजेर ४४ मिनेट उप्रान्त अश्विनी । योग–आयुष्मान, ०१ घडी ५५ पला, बिहान ०५ बजेर ५६ मिनेट उप्रान्त सौभाग्य । करण– भद्रा, बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त बव, बेलुकी ०७ बजेर २० मिनेट उप्रान्त बालव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी २४ पला । विश्व वातावरण दिवस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
पढाइलेखाइमा सुधार हुँदै जाने तथा अलि बढी मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरूको सल्लाह बमोजिम अगाडि बढ्नुहोला, गन्तव्य पहिल्याउन सहज हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । मायाप्रेममा सामीप्यता बढेर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रसन्न हुनेछ । विद्यामा तपार्ईंले गरेको मिहिनेत खेर जानेछैन ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् । पढाइलेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिँढीहरू चढ्न सकिनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा अग्र स्थानमा तपार्ईंको नाम आउनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुनाले गरेका काममा लाभ मिल्ने समय रहेको छ । माया प्रेमको गाँठो कसिनेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिने समय छ । पैत्रिक धन तथा सम्पत्ति हातलागी हुने योग छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
नयाँ कुराको खोज तथा अनुसन्धानमा समय बित्ने तथा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेको छ भने नसोचेको सम्पत्ति हातलागी हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउने भए पनि काम गर्न असहज हुन छैन । मायाप्रेममा एकअर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
पढाइलेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको साथ रहने हुनाले काम गर्न ऊर्जा थपिनेछ । भौतिक तथा विलाशी वस्तु प्राप्तिको गतिलो योग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) 
शत्रु तथा प्रतिस्पर्धीहरू आइलाग्ने भए पनि अन्ततः तपार्ईंको क्षमता देखेर आफै साइड लाग्नेछन् । स्वास्थ्यसम्बन्धी पुराना समस्या ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइलेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय छ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा एकअर्काबीच नजिक हुने तथा रमाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ । मायाप्रेमका कोपिला फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग छ । आस मारेको काम बन्नाले मन प्रसन्न हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
प्रतिस्पर्धीहरू हार खानेछन् भने राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउने योग रहेकोछ । घर, जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट मनग्य आम्दानी गर्न सकिनेछ । आमा वा परिवारका सदस्यहरूको सहयोग पाइने हुँदा शरीरमा स्फुर्ती बढ्नेछ । मायाप्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । पढाइलेखाइमा सुधार भएर जानेछ भने तपार्ईंको लोकप्रियता चुलिनेछ । पुराना झैझमेलाबाट मुक्त हुने समय रहेको छ ।
मकर(भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) न्यायिक निर्णय तथा कानुनी फैसलाहरू तपार्ईंकै पक्षमा आउनेछन् । पढाइलेखाइमा मनजाने हुनाले अरूलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने मायाप्रेमको डोरो कसिलो भएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) दमदार बोलीको प्रभावले नसोचेको काम हुने तथा सबैले तपार्ईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्य आम्दानी गर्न सकिने समय रहेको छ । पढाइलेखाइमा राम्रो प्रगति गर्न सकिने समय रहेको छ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडि बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पढाइलेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप