यसअघि ६० वर्ष उमेरमाथिलाई नदिइएको चिनियाँ खोप किन यसपटक दिन लागियो ?

सरकारले कोरोनाभाइरस कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई जेठ २५ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन सरकारको अनुदान सहयोगमा दोस्रो पटक प्राप्त गरेको १० लाख मात्रा भेरोसेल खोप जेठ २५ देखि सर्वसाधारणलाई जनाएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले चीन सरकारकै अनुदान सहयोगमा प्राप्त गरेको ८ लाख मात्रा खोप १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दिइसकेको छ । पहिलोपटक स्वास्थ्य मन्त्रालयले भेरोसेल खोप १८ देखि ५९ वर्ष उमेर समूहलाई मात्र दिएपनि यसपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिने निर्णय गरेको हो ।
आम सर्वसाधारणको चासो छ – यसअघि ६० वर्ष माथि उमेरका लागि लगाउन नमिल्ने भनिएको चिनियाँ खोप किन अहिले फेरि दिन लागिएको हो ? खोप सल्लाहकार समितिका खोपविज्ञ श्यामराज उप्रेतीका अनुसार अब भेरोसेल खोप १८ वर्षमाथिका सबै उमेर समूहका व्यक्तिले लगाउने बाटो खुलेको छ । विश्व स्वास्थ्य संगठनले भेरोसेल खोप १८ वर्षमाथिका सबै उमेर समूहले प्रयोग गर्न सकिने अनुमति दिएपछि दोस्रो पटक अनुदानमा आएको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समुहकालाई दिने निर्णय गरेको उनले बताए ।
खोप सल्लाहकार समितिले विश्व स्वास्थ्य संगठनको सिफारिसपछि यसभन्दाअघि पहिलो मात्रा भएपनि ६५ वर्षभन्दा माथि नागरिकमध्ये धेरैले कोभिशिल्ड खोप लगाएकाले अहिले ६० देखि ६४ उमेर समूहलाई चिनियाँ खोप दिने सल्लाह दिएको समेत उनले सुनाए । करिब साढे ८ लाख ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक रहेको मन्त्रालयको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान
-
राप्रपालाई सरकारको चेतावनी : अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ
-
‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार !’
-
बट्लर ३ रनले शतकबाट चुके, दिल्लीमाथि गुजरातको ७ विकेटको जित
-
प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानद्वारा २ अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान