शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ कोरोनाभ्याकलाई नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति

शुक्रबार, २१ जेठ २०७८, १९ : १०
शुक्रबार, २१ जेठ २०७८

औषधि व्यवस्था विभागले चिनियाँ कोरोनाभ्याक खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको सिनोभ्याक खोपलाई अनुमति दिइएको विभागले जनाएको हो । चीनकै सिनोफार्म कम्पनीद्धारा उत्पादन भएको भेरोसेल खोप नेपालले प्रयोगमा ल्याइसकेको छ । शुक्रबार विभागले सो खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको हो ।

नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले खोपका लागि पेस गरेको कागजातका आधारमा प्रयोगका लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ । चीनमा उत्पादन भएका भेरोसेल र कोरोनाभ्याक खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप