शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारिता क्षेत्रमा प्रवेश अघि सरकारले परीक्षा लिने, सञ्चार सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन

शुक्रबार, २१ जेठ २०७८, १८ : ४३
शुक्रबार, २१ जेठ २०७८

सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै  सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा घोषित आमसञ्चार प्रतिष्ठानको गठन आदेश कार्यविधि तयार पारिएको जानकारी दिए । सो कार्यविधि कानुन मन्त्रालय र अर्थमन्त्रालयमा पठाइएको उनको भनाई छ । 

सो प्रतिष्ठान कार्यान्वयनका लागि एउटा कार्यदल पनि गठन गरेको मन्त्री गुरुङले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन  गरिएको छ । बजेट बक्तब्यबाट आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने विषय आएपछि मन्त्रालयले द्रुत गतिमा कार्यविधि र कार्यदल बनाएको मन्त्री गुरुङको भनाई छ । 

उनले सरकारी कर्मचारी हुन लोकसेवा पास गरेपछि पनि तालिम लिनुपर्ने, नेपाली सेना, प्रहरीमा प्रवेशपछि पनि तालिम लिनुपर्ने व्यवस्था भएको बताउँदै पत्रकारहरु अझ बढी जवाफदेही भएकोले उनीहरुका लागि आमसञ्चार प्रतिष्ठान गेम चेन्जर भएको उल्लेख गरे । 

उनले सो प्रतिष्ठानलाई कसरी अघि बढाउनेबारे पत्रकार महासंघ, सरोकारवाला पक्षसँग मस्यौदा बनाएर सुझाव लिने बताउँदै सकिन्छ भने साउन १ गते देखि नै आमसञ्चार प्रतिष्ठानलाई स्वायत्त विकास समितिको रुपमा अघि बढाउन लागेको जानकारी दिए । 

उनले आफू मन्त्री हुनुभन्दा पहिले पनि आमसञ्चार क्षेत्रमा समस्या छन् भन्ने थाहा पाएको बताउँदै मन्त्री भएपछि पत्रकार महासंघ, मिडिया हाउसका सञ्चालकहरुसँग अन्तरक्रिया गरेर काम गर्दै गएको उल्लेख गरे ।  साथै मन्त्री गुरुङले सरकारले ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दलले पनि विरोध नगरेको दावी गरे । प्रतिपक्षी दलले बजेटको विरोधमा विज्ञप्ति निकाले पनि विरोधको बिषय नपाएको मन्त्री गुरुङले बताए ।

यस्तै पत्रकार महासंघले पनि बजेटको स्वागत गर्नु सुखद कुरा रहेको बताए । महासंघमा सरकार रहेको दलबाट नभई प्रतिपक्षी दलका तर्फबाट कार्यसमिति विजयी भएको बताउँदै महासंघले जहिले पनि बजेटमा असन्तुष्टि जनाउने गरेकोमा यो पटक समर्थन गर्नु सरकारका लागि उपलव्धीमुलक रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप