राष्ट्रिय युवा संघले भ्याक्सिन स्वयंसेवक खटाउने
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलिन्टियर परिचालन गर्ने बताएका छन । संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उनले तीन महिनाभित्र हरेक जनतालाई खोप सेवा उपलब्ध गराउने सरकारी प्रतिबद्धताको स्वागत गर्दै धन्यवाद समेत ब्यक्त गरे । सरकारको उक्त खोप अभियानलाई सहज तथा प्रभावकारी बनाउन टोल–टोल तहसम्म स्वयंसेवक परिचालन गर्ने उनले बताए ।
संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको पहलकदमीमा सङ्कलित उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति डा. डुकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा ५० थान अक्सिजन सिलिन्डर, पीपीई, मास्क, ग्लोभ्स आदि गरी रु १० लाख रकम बाराबरको सामग्री हस्तान्तरण गरिएको आयोजकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कलारत्नबाट चित्रकार अजय देशार सम्मानित
-
चप्पल र पेटीले हुन्थ्यो आयुष्मानको पिटाई
-
सुनिल गावस्कर भन्छन्, ‘श्रेयस ऐयरलाई भित्राउनु कोलकाताका लागि बुद्धिमतापूर्ण निर्णय हुनेछ’
-
भ्रष्टाचार मुद्दामा सफाइ पाएका वैकुण्ठ अर्यालले दिए राजीनामा
-
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो, चाँदीको कति ?
-
करण अर्जुनमा शाहरुख–सलमानको नाम सुनेर डिष्ट्रिब्यूटरले छाडेका थिए फिल्म