शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रबाट मदिरा बरामद

शुक्रबार, २१ जेठ २०७८, १३ : ३२
शुक्रबार, २१ जेठ २०७८

खुल्ला सिमानाको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको रु १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका—२ भिस्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो  । 

नेपालबाट अवैध रुपमा मदिरा भारततर्फ निकासी भइरहेको गोप्य सूचनाको आधारमा कारवाही गर्दा रु १० लाख ६० हजार मूल्यबराबरको ३०० कार्टुन मदिरा बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनले कोरोना सङ्क्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै भारततर्फ जाँदै गरेको ट्याक्टरलाई रोकी जाँच गर्दा उक्त परिमाणको मदिरा बरामद भएको र ट्याक्टर चालक फरार भएको बताए । फरार रहेका ट्याक्टर चालकको खोजतलास भइरहेको र बरामद भएको मदिर तथा वाहनलाई आवश्यक कारवाहीका लागि आज वीरगन्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप