भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथिको आक्रमण आवेगमा : छानबिन समिति

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटना आवेगमा आएर भएको निष्कर्ष निकालिएको छ । सो घटनाको अध्ययन गर्न गठित छानबिन समितिले उक्त निष्कर्ष निकालेको हो । छानविन समितिले उपचारको क्रममा आफन्तको मृत्यु भएपछि आवेगमा आएर मृतकका आफन्तले नर्ससहित चिकित्सकमाथि कुटपिट गरेको ठहर गरेको छ ।
समितिले अस्पतालको उपचार सेवामा सुधार गर्नुपर्ने बताउँदै त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले सेवाग्राहीलाई नम्र तथा शिष्ट व्यवहार देखाउनुपर्ने सुझाव समेत दिएको छ । गत बिहिबार ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत, भरत रावत र छोरा लोकराज रावतले अस्पतालको आईसीयूमा तोडफोड गरी स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।
हातपात भएलगत्तै त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेका थिए । त्यसलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्य छानविन समिति गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्
-
म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा
-
युरोप अब ओरालो लागेको अमेरिकाको पछि लाग्नु हुँदैन
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल