शनिबार, २४ कात्तिक २०८१
ताजा लोकप्रिय

सर्वोच्चको आदेश :कानुन व्यवसायीलाई तत्काल कोरोना विरुद्धको दोस्रो डोजको व्यवस्था गर

बिहीबार, २० जेठ २०७८, १७ : ५४
बिहीबार, २० जेठ २०७८

कोरोना भाइरसको पहिलो डोज खोप लगाएका कानुन व्यवसायीलाई तत्काल दोस्रो डोजको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।  न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा अन्तरिम आदेश दिएको हो । 

अधिवक्ता उमेश प्रसादले  पहिलो डोज लिएका ७ सय ५० जना कानुन व्यवसायीले दोस्रो डोज लगाउन नपाएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । सो रिटमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, विनोदकुमार तथा अधिवक्ता विजय मिश्र, सुनिल पोखरेल र ऋषिराम घिमिरे लगायतले भर्चुअल माध्यमबाट बहस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप