कोरोना अपडेटः थप ६८२५ जनामा संक्रमण पुष्टि, ५९०४ जना निको
बिहीबार, २० जेठ २०७८, १७ : ०१

पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ । हाल संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो छानबिनका लागि कूटनीतिक पहल
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्