‘नेपाल भेरियन्ट’ देखिएको छैनः स्वास्थ्य मन्त्रालय
बिहीबार, २० जेठ २०७८, २२ : ००

नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । हाल यी भेरियन्टमध्ये डेल्टा बी.१.६१७.२ धेरै संक्रमितमा देखिएको उनले बताए ।
नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट फैलिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा चर्चा भएपनि सत्यता नभएको डा. पौडेलले जानकारी दिए । ‘नेपालबाट गएका व्यक्तिमा डेल्टा बी.१.६१७.२ नयाँ भेरियन्ट देखिएको थियो होला,’ उनी भन्छन्, ‘भारतीय भन्न खोजेको होला नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ ।’
नेपाल भेरियन्ट भनेर विश्व स्वास्थ्य संगठनले समेत नभनेको हुँदा े विश्वास नगर्न उनको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्
-
म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा
-
युरोप अब ओरालो लागेको अमेरिकाको पछि लाग्नु हुँदैन
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल