बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

सार्क हस्तकला विकास केन्द्र बजेटको प्राथमिकतामा

बिहीबार, २० जेठ २०७८, ११ : ०७
बिहीबार, २० जेठ २०७८

नेपाल हस्तकला उद्योग महासंघले सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को बजेटको खुलेर स्वागत गरेको छ । अहिलेको कोभिड–१९ को विषम परिस्थितिमा पनि सरकारले सर्वसाधारण जनताको स्वास्थ्य उपचार सुरक्षामा केन्द्रित हुँदै प्रभावित व्यवसायीहरुको उत्थानका लागि समेत बजेट केन्द्रित गरेको भन्दै महासंघले खुशी व्यक्त गरेको हो । 
बुधबार एक वक्तव्य जारी महासंघले कोभिड–१९ चपेटामा परेको मुलुकको हस्तकला क्षेत्रलाई समेत राहत पुग्ने गरी सरकारले बजेट ल्याएको भन्दै बजेटको स्वागत गरेको छ ।

प्रमुखः नेपाली हस्तकलाको विकास एवं विस्तारका लागि अत्यावश्यक रहेको अन्तर्राष्ट्रिय हस्तकला मञ्च सार्क हस्तकला विकास केन्द्र निर्माणका लागि समेत सरकारले बजेट छुट्याएकोमा महासंघ सरकारलाई धन्यवाद दिएको छ ।  

‘हस्तकला उद्योग व्यवसायको दिगो संस्थागत विकासको निमित्त यस महासंघको सक्रियता र पहलमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने नेपाल सरकारको प्रतिवद्धता प्रति नेपाल हस्तकला महासंघ हार्दिक आभार प्रकट गर्दै यो प्रतिवद्धता प्रति स्वागत गर्दछ । 

उक्त केन्द्र संचालनको निमित्त महासंघ प्रतिबद्ध रहेको र बजेटले केन्द्र संचालनको लागि दिशा निर्देश गरी दिएको भए महासंघ अझ उत्साहित हुने थियो । यस तर्फ पनि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जतिसक्दो चाँडो मार्गप्रशस्त हुने महासंघले अपेक्षा राखेको छ’ महासंघद्वारा जारी वक्तव्यमा भनिएको छ ।

साथै, कोभिड–१९ को महामारीबाट थलिएको मुलुकको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिबृद्धिको पञ्च वर्षिय लक्ष्य सहितको अवधारणा अनुसार हस्तकला उद्योग व्यवसाय प्रवद्र्धनको निमित्त सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय संचालनका निमित्त स्टार्टअप ऋणको व्यवस्था, कर सहुलियतको व्यवस्था, पुनर्कर्जा कोषको निरन्तरता, महिला तथा युवाहरुको उद्यमशिलताको लागि बजेट व्यवस्था रोजगारीमूलक सीप विकासको निमित्त कार्यस्थलमा तालिमको व्यवस्थाको निमित्त बजेट विनियोजन हुुनु निकै सराहनीय र स्वागतयोग्य समेत रहेको महासंघले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप